
लन्डन । नेपलिज वुमन असोसिएसन यूकेले अटिजम केयर नेपाललाई २ लाख ६० हजार रुपैयां सहयोग गर्ने भएको छ । असोसिएसनले शनिबार दूतावास भवनमा आयोजित आफ्नो वार्षिक कार्यक्रममार्फत संकलित रकम तीनहजार ९० पाउण्डमध्ये २ हजार पाउण्ड नेपाल पठाउने निर्णय गरेको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले असोसिएसनको सामाजिक काम र उसले महिला सशक्तिकरणमा निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । असोसिएसन अध्यक्ष आरती श्रेष्ठले अटिजम केयर नेपालका गतिविधि प्रष्टयाउंदै सहयोग गर्नुका कारणबारे बताइन् । उनले संस्थाले महिला हित र नेपालमा आपतविपतका बेला अग्रपंक्तिमा काम गरिरहेको पनि जनाइन् । इलिङ काउन्सिलका डेपुटी लिडर काउन्सिलर रन्जित धिरले पनि संस्थाको सामाजिक कामबारे बोले ।
लक्ष्मी राई (लारा) ले सञ्चालन गरेको उक्त कार्यक्रममा संरक्षक राजदूत पत्नी पुनम सुवेदीले सहयोगीलाई प्रमाणपत्र दिएकी थिइन् ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरियो । उक्त अवसरमा प्रसुना कंडेलले नाच देखाएकी थिइन् भने डमर सुब्बा, प्रमोद शर्मा लगायतको टिमले लाइभ संगीत प्रस्तुत गरेको थियो ।
कार्यक्रमको शुरुमा दुवै देशका राष्ट्रिय गान बजाइयो भने असोसिएसन सदस्यहरुले मन्त्र उच्चारण गरेका थिए ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ