लण्डन । मगर संघ युके केन्ट शाखाको अध्यक्षमा विजय हितान निर्विरोध निर्वाचित भएका छन् ।
शाखाको फोल्कस्टोनस्थिन चेरिटन बलिंग सेन्टरमा सम्पन्न अधिवेसनले हितानलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
निर्वाचन समितिका सदस्यसचिव रुद्र थापाले दिएको जानकारीअनुसार नवगठित समितिको उपाध्यक्षमा मधुराम रानामगर, महासचिवमा ईश्वर आलेमगर, सचिवमा पदमसुन्दर गर्बुजामगर, कोषाध्यक्षमा रामु थापामगर, सहकोषाध्यक्षमा दिल थापामगर चुनिएका छन् ।
यस्तै सदस्यहरुमा साँस्कृतिक संयोजक रीना थापामगर, सहसंयोजक ज्योति रजालीमगर, खाद्य संयोजक रिम काउछामगर र सहसंयोजकमा कर्ण रानामगर, खेलकुद संयोजक सूर्य रानामगर र सहसंयोजकमा डम्बर थापामगर, प्रोपर्टी संयोजकमा याम थापामगर र सहसंयोेजकमा दलबीर गाहामगर, पेयपदार्थ संयोजक ज्ञान रानामगर र सहसंयोजकमा लेख पुनमगर, मिडिया संयोजकमा मान थापामगर र सहसंयोजकमा विनोद बुढाथोकीमगर, कर्मकाण्ड संयोजकहरुमा अमर पुनमगर र पदम बलम्पाकीमगर तथा यातायात संयोजकमा जीवन श्रीश निर्वाचित भएका छन् ।
यस्तै, युवातर्फ जीत पुन, उमा मगर, सोमराज थापा र रिनु थापाले संयोजनको जिम्मा पाएका छन् भने क्षेत्रीय प्रतिनिधिहरुमा क्यान्टरबरीबाट दुर्गा आले, मेडिस्टोनबाट बुद्धिलाल गाहा, मेडिस्टोन आर्मी क्याम्पबाट सार्जेन्ट डेकराज थापा, फोल्कस्टोन आर्मी क्याम्पबाट कर्पोरल सचिन मगर टुआरजिआर र सार्जेन्ट दीपक बुढामगर वानआरजिआर रहेका छन् ।
यसअघि अध्यक्ष उत्तर मगरको अध्यक्षतामा भएको बन्दसत्रमा महासचिव ईश्वर आले र कोषाध्यक्ष नुन थापाको प्रतिवेदन पारित गरिएको थियो । त्यसपछिको निर्वाचन सत्र निर्वाचन आयुक्त हिक्मतसिंह रोकाको अध्यक्षता र सचिव रुद्र थापाको संचालनमा भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हितानले प्रतिवद्धता मन्तब्य व्यक्त गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित