
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा व्यापार र लगानीबारे एक सेमिनार हुने भएको छ । नेपाली दूतावासको सहकार्यमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले ९ डिसेम्बर
शुक्रबार सांझ सेमिनार गर्ने भएको हो ।
नेपालमा व्यापार र लगानीका सम्भाव्यताबारे कार्यक्रम केन्द्रित हुनेछ ।
बीएनसीसी अध्यक्ष राजन कंडेलका अनुसार, उक्त सेमिनारमा बेलायती विदेश मन्त्रालय (एफसीओ), लन्डन मेयर अफिस लगायत निकायबाट विशिष्ठ व्यक्तित्व सहभागी हुने निश्चित भएको छ । बेलायती र नेपाली व्यवसायी समेत कार्यक्रममा सहभागी हुनेछन् ।
अध्यक्ष कंडेलले बेलायती व्यवसायीलाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको बताए । उक्त अवसरमा बीएनसीसीले आफ्ना संरक्षक नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीको स्वागत समेत गर्ने कार्यक्रम छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित