
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा व्यापार र लगानीबारे एक सेमिनार हुने भएको छ । नेपाली दूतावासको सहकार्यमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले ९ डिसेम्बर
शुक्रबार सांझ सेमिनार गर्ने भएको हो ।
नेपालमा व्यापार र लगानीका सम्भाव्यताबारे कार्यक्रम केन्द्रित हुनेछ ।
बीएनसीसी अध्यक्ष राजन कंडेलका अनुसार, उक्त सेमिनारमा बेलायती विदेश मन्त्रालय (एफसीओ), लन्डन मेयर अफिस लगायत निकायबाट विशिष्ठ व्यक्तित्व सहभागी हुने निश्चित भएको छ । बेलायती र नेपाली व्यवसायी समेत कार्यक्रममा सहभागी हुनेछन् ।
अध्यक्ष कंडेलले बेलायती व्यवसायीलाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको बताए । उक्त अवसरमा बीएनसीसीले आफ्ना संरक्षक नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीको स्वागत समेत गर्ने कार्यक्रम छ ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड