लन्डन । द एभरेष्ट इन नेवार्क रेष्टुरेन्टले सक्सेसफूल न्यू विजनेश अवार्ड प्राप्त गरेको छ । नेवार्क एडभरटाइजर मिडिया ग्रुपले आइतबार नेवार्कमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो । सञ्चालन भएको एक वर्षमै अवार्ड जित्न सफल उक्त रेष्टुरेन्ट नेपाली तथा इन्डियन खानाका लागि प्रचलित छ ।
रेष्टुरेन्ट सञ्चालक भण्डारी ब्रदर्श ग्रुपका प्रवन्ध निर्देशक कमल भण्डारीले अवार्ड प्राप्त गरेपछि आभार व्यक्त गर्दै सफलता पछाडि आफ्ना समस्त ग्राहक, कर्मचारी र शुभचिन्तकहरुको उल्लेख्य योगदान रहेको बताए ।
भण्डारी ब्रदर्श ग्रुपले सञ्चालन गरेका अरु केही रेष्टुरेन्टले पनि बेलायतमा अवार्डसहित सफलता चुमिरहेका छन् । ग्रुपले बेलायतमा हस्पिटालिटी क्षेत्र बाहेक फाइनान्स र रेष्टुरेन्ट सामाग्री सप्लाइ पनि गरिरहेको छ । नेपालमा पनि हाइड्रो र बैंकिंग क्षेत्रमा लगानी छ ।
मिडियामा त्यति आउन नचाहने कमल भण्डारी सन् १९९९ मा यूके आएका हुन् । व्यवसाय अलवा समाजसेवामा पनि उत्तिकै क्रियाशील भण्डारी बेलायतका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुबाट सञ्चालित गोल्डेन एभरेष्ट ग्रुपका अध्यक्ष समेत हुन् । उक्त ग्रुपले अहिले गोल्डेन एभरेष्ट बियर उत्पादन गरिरहेको छ भने निकट भविष्यमा अरु उत्पादन पनि गर्ने जनाइएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची