बिहीबार, कार्तिक ११ २०७८ | Thu, October 28, 2021
नेपालको समय: १४:०६ | UK Time: 09:21

राजदूत रे हटाउन बेलायतबाट हस्ताक्षर अभियान

वीनेपाली
२०७३ मंसिर २१ गते १५:००
ranjit-ray

भारतीय राजदूत राजदूत रन्जित रे

लन्डन । नेपालका लागि भारतीय राजदूत राजदूत रन्जित रेलाई फिर्ता गराउन बेलायतस्थित युवाहरुले अभियान शुरु गरेका छन् । विद्यार्थी अभियन्ता गणेश खड्काको नेतृत्वमा फोटो पत्रकार एभरेष्ट गौतम लगायतले अभियानलाई बढवा दिएका हुन् । उनीहरुले अनलाइन हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने बताएका छन् ।

संविधान संशोधन प्रस्ताव संसदमा पेश भएपछि राजदूत रेले कुटनीतिक मर्यादा विपरित नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष संलग्न भएर त्यसलाई प्रभावित गर्न खोजेको, नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको लगायतका आरोप युवाहरुको छ । खड्काका अनुसार, नेपाल सरकारले भियना सन्धिको धारा ९ अन्तर्गत रेलाई पर्सोना नन ग्राटा घोषणा गरि स्वदेश फिर्ता पठाउन सक्ने विकल्प छ ।

पत्रकार एभरेष्ट गौतमले चाडै नै विदेशस्थित राजदूतावासहरुमा ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय भएको जनाउंदै यो विषयमा राजनीति भन्दा माथि उठी देशको सार्वभौम रक्षार्थ आफ्नो बिवेक प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् । भारतले गत वर्ष नेपालमा नाकाबन्दी घोषणा गरेपछि त्यसको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लन्डन भ्रमणमा आउंदा आयोजना गरिएको प्रदर्शनमा उनीहरुको उल्लेख्य भूमिका थियो ।

तलको लिंकमा गएर अनलाइन हस्ताक्षर गर्न सकिने छ ।

https://www.change.org/p/government-of-nepal-deport-ranjit-ray-ambassador-of-india-for-nepal-declare-as-persona-non-grata-in-nepal

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक