
लन्डन । ‘हयाप्पी डेज’ फिल्म छायांकनका क्रममा हाल बेलायत रहेकी नायिका प्रियंका कार्कीले अल्डरसटमा नयां ब्युटी पार्लर उद्घाटन गरेकी छन् । प्रियंकाले गत आइतबार एक समारोहबीच अल्डरसट स्टेसन रोडमा सञ्चालित ‘दि हेयर पोर्ट हेयर एण्ड ब्युटी सलुन’ उद्घाटन गरेकी हुन् । रिबन र केक काटेर उद्घाटन गरेपछि व्यवसायिक सफलताको शुभकामना दिंदै प्रियंकाले बेलायतमा नेपाली व्यवसाय विस्तार भएकामा खुशी व्यक्त गरिन् । उक्त पार्लर ब्युटी थेरापिस्ट टिकादेवी गुरुङ र उनकी हेयर ड्रेसर छोरी प्रेक्षा बस्नेतले सञ्चालन गरेका हुन् । उनीहरुको सन् २०१३ देखि त्यही नाममा लन्डनमा पनि सलुन सञ्चालित छ ।
गत वर्ष लन्डनमा फोटो सुट गराउंदा प्रियंकाले प्रेक्षाबाटै मेकअप गराएकी थिइन् । त्यो आत्मियताले पनि प्रियंका आफ्नो व्यस्तता छाडेर सलुन उद्घाटन गर्न पुगेकी हुन् ।
सलुनमा सबै उमेर, वर्गका ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, ब्राइडल प्याकेज, स्किन केयर, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त