
लन्डन । ‘हयाप्पी डेज’ फिल्म छायांकनका क्रममा हाल बेलायत रहेकी नायिका प्रियंका कार्कीले अल्डरसटमा नयां ब्युटी पार्लर उद्घाटन गरेकी छन् । प्रियंकाले गत आइतबार एक समारोहबीच अल्डरसट स्टेसन रोडमा सञ्चालित ‘दि हेयर पोर्ट हेयर एण्ड ब्युटी सलुन’ उद्घाटन गरेकी हुन् । रिबन र केक काटेर उद्घाटन गरेपछि व्यवसायिक सफलताको शुभकामना दिंदै प्रियंकाले बेलायतमा नेपाली व्यवसाय विस्तार भएकामा खुशी व्यक्त गरिन् । उक्त पार्लर ब्युटी थेरापिस्ट टिकादेवी गुरुङ र उनकी हेयर ड्रेसर छोरी प्रेक्षा बस्नेतले सञ्चालन गरेका हुन् । उनीहरुको सन् २०१३ देखि त्यही नाममा लन्डनमा पनि सलुन सञ्चालित छ ।
गत वर्ष लन्डनमा फोटो सुट गराउंदा प्रियंकाले प्रेक्षाबाटै मेकअप गराएकी थिइन् । त्यो आत्मियताले पनि प्रियंका आफ्नो व्यस्तता छाडेर सलुन उद्घाटन गर्न पुगेकी हुन् ।
सलुनमा सबै उमेर, वर्गका ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, ब्राइडल प्याकेज, स्किन केयर, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ