इन्दिरालाई बेलायतबाट ३ हजार ४८२ पाउण्ड सहायता

15271791_1289107674482014_8140329405763308830_o

लन्डन । बेलायतवासी नेपालीले नेपालका बन्दीको मानवअधिकार संरक्षण र बन्दीका बालबच्चाको हेरचाहमा कार्यरत एक संस्थालाई आर्थिक सहयोग गरेका छन् । प्रिजनर्स असिस्टेन्स नेपालको सहयोगार्थ उक्त संस्थाकी अध्यक्ष इन्दिरा रानामगरको उपस्थितिमा आइतबार भएको च्यारिटीबाट ३ हजार ४८२ पाउण्ड संकलन गरि प्रदान गरिएको हो । उक्त संस्थाले हाल डेढ सय बढि बालबालिकालाई शिक्षासहित रेखदेख गरिरहेको छ ।

नेपाल आदिवासी जनजाती महिला महासंघ बेलायत, हिलिङडन गोर्खा नेपलिज कम्युनिटी र हिलिङटन गोर्खा नेपलिज युथले फेल्थाम कम्युनिटी स्कुल हलमा संयुक्त रुपमा च्यारिटी गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफैंले हुर्काएको इन्दिरा राना मगर अहिले आफू भन्दा अग्ली भइसकेकी जनाउंदै उनले अनाथ बालबालिकाका लागि आंखाको ज्योति दिने काम गरेको बताए । ‘बगरमा फालिएकी मणी हो इन्दिरा’, 
राजदूतले भने, ‘इन्दिरा बगरका धेरै ढुंगाको बीचमा टल्किरहेको मणी हो । उसले अनाथ बालबालिकालाई छानो मुनी ल्याएर राखेकी छ, शिक्षा दिक्षा दिएकी छ ।’

15384553_1289104861148962_2938135275377076094_o

नेपाल आदिवासी जनजाती महिला महासंघ बेलायतकी महासचिव बिमला सेनेले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथी इन्दिराले पावर पोइन्ट मार्फत आफ्नो संस्थाको गतिविधि र संघर्षका कथा सुनाइन् अनि दाताप्रति कृतज्ञता व्यक्त गरिन् ।

कार्यक्रममा महिला महासंघकी कार्यवहाक अध्यक्ष विमला राईले स्वागत मन्तव्य दिइन् भने कार्यक्रमका सभापति हिलिङडन गोर्खा नेपलिज कम्युनिटी अध्यक्ष तेज पुनमगरले धन्यवाद दिए । हिलिङडन कम्युनिटीकी महिला उपाध्यक्ष अन्जना गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा अतिथी सांसद वीरेन्द्र शर्मा, गोर्खा संगठन गेसो, सत्याग्रह समितिका नेताहरुसहित सयौंको उपस्थिति थियो ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम मिरुना मगरले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा शशी थापा सुब्बा र लक्ष्मी राईले चन्दा जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तस्विरः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री