लन्डन । बेलायतमा कार्यरत व्यवसायिक नेपाली पत्रकारहरुको समूहले ‘हु इज हु: नेप्लीज कम्युनिटी लिडर्स इन द युके’ नामक पुस्तक प्रकाशनको तयारी गरेको छ ।
बेलायतमा नेपाली समुदाय बढिरहंदा यहांका प्रभावशाली व्यक्ति र संघसंस्थाबारे चिनारी दिने उद्देश्यले उक्त पुस्तक अंग्रेजी भाषामा प्रकाशन गर्न लागिएको हो ।
वीनेपालीडटकम लिमिटेडले पहिलोपटक बेलायतको नेपाली डायस्पोराबाट यस खालको पुस्तक प्रकाशन गर्न लागिएको जनाएको छ । ‘यो ऐतिहासिक दस्तावेज हुनेछ ’, प्रकाशोन्मुख पुस्तकका सम्पादक मध्ये एक जना नरेश खपांगीमगरले भने, ‘हामीले जुनसुकै जाती, वर्ग वा क्षेत्रका सामाजिक अभियन्ताहरुलाई समेट्ने सोचेका छौं । तर, छनोटका केही प्रक्रिया भने छन् ।’
नेपाली समुदायका अगुवाहरुको सामाजिक योगदान उल्लेख्य भएपनि त्यो संग्रहित नभएकाले यस्तो परिकल्पना गरिएको वीनेपालीले जनाएको छ ।
यही डिसेम्बर महिनामा सूचना संकलन गरी नेपाली नयां वर्ष २०१७ मा पुस्तक प्रकाशन गरिने वीनेपालीले जनाएको छ । थप जानकारीका लागि [email protected] वा 07943 868 512, 07411 558 732, 07578 007 459 मा सम्पर्क गर्न सकिनेछ ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित