तनहुँका पाँचगाउँलेको भेटघाट

kdjmc

लण्डन । तनहुँ जिल्लाको खैरेनीटार, दुलेगौँडा, जामुने, मनपाङ र छाङबाट युके आई विभिन्न स्थानमा बस्दै गरेका गाउँलेहरुको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
फार्नब्रोस्थित ग्रेञ्ज कम्युनिटी स्कुलमा आयोजित सो भेटघाटको अध्यक्षता खैरेनीटार दुलेगाैँडा जामुने मनपाङ छाङ (केडीजेएमसी) समाजका अध्यक्ष रत्न गुरुङले गरेका थिए भने संचालन सचिव राजेन रानाले । हेल्थ एण्ड सेफ्टीका बारेमा किसन रानाले जानकारी गराएका थिए ।
कार्यक्रममा समाजमा नयाँ थपिएका सदस्यहरु, ग्राजुयसन गरेका नानीहरु, नवविवाहित जोडीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । त्यस्तै, समाजका चेलीबेटी र ज्वाइँचेलाहरुको पनि कार्यक्रममा उपस्थिति थियो ।
मनोरंजनात्मक कार्यक्रमको संचालन र संयोजन कमला राना र सरिता गुरुङले गरेका थिए भने कोषाध्यक्ष निर्मला थापाले समाजको आयव्यय विवरण पेश गरेकी थिइन् । सल्लाहकार किसन गुरुङले समाजलाई सुझाव दिएका थिए भने तमु कलाकार समाजका उपाध्यक्ष चन्द्र गुरुङले गीत सुनाएका थिए ।
समाजको वार्षिक भेटघाटका लागि ग्रेनीच रियल स्टेटका निर्देशक तथा समाजका सल्लाहकार मोहन गुरुङले पेयपदार्थ स्पोन्सर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री