लण्डन । तनहुँ जिल्लाको खैरेनीटार, दुलेगौँडा, जामुने, मनपाङ र छाङबाट युके आई विभिन्न स्थानमा बस्दै गरेका गाउँलेहरुको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
फार्नब्रोस्थित ग्रेञ्ज कम्युनिटी स्कुलमा आयोजित सो भेटघाटको अध्यक्षता खैरेनीटार दुलेगाैँडा जामुने मनपाङ छाङ (केडीजेएमसी) समाजका अध्यक्ष रत्न गुरुङले गरेका थिए भने संचालन सचिव राजेन रानाले । हेल्थ एण्ड सेफ्टीका बारेमा किसन रानाले जानकारी गराएका थिए ।
कार्यक्रममा समाजमा नयाँ थपिएका सदस्यहरु, ग्राजुयसन गरेका नानीहरु, नवविवाहित जोडीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । त्यस्तै, समाजका चेलीबेटी र ज्वाइँचेलाहरुको पनि कार्यक्रममा उपस्थिति थियो ।
मनोरंजनात्मक कार्यक्रमको संचालन र संयोजन कमला राना र सरिता गुरुङले गरेका थिए भने कोषाध्यक्ष निर्मला थापाले समाजको आयव्यय विवरण पेश गरेकी थिइन् । सल्लाहकार किसन गुरुङले समाजलाई सुझाव दिएका थिए भने तमु कलाकार समाजका उपाध्यक्ष चन्द्र गुरुङले गीत सुनाएका थिए ।
समाजको वार्षिक भेटघाटका लागि ग्रेनीच रियल स्टेटका निर्देशक तथा समाजका सल्लाहकार मोहन गुरुङले पेयपदार्थ स्पोन्सर गरेका थिए ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण