लन्डन । बर्न्टओक नेपाली समाजको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले विधानले दिएको अधिकार प्रयोग गर्दै रमेश गुरुङले नेतृत्व गरेको वर्तमान कार्यसमितिको अवधि थप एक वर्ष बढाउने निर्णय गरेको छ । स्थानीय टेरिटोरियल आर्मीको सभाकक्षमा भएको उक्त सभाको सभापतित्व समाजका अध्यक्ष रमेश गुरुङले गरेका थिए । सभामा समाजका महासचिव मोहनजङ्ग गुरुङले यस वर्षको कार्यप्रगति प्रतिवेदन तथा भावी कार्ययोजनाबारे जानकारी गराए भने कोषाध्यक्ष ज्ञान गुरुङले समाजको आयव्यय संबन्धी विवरण प्रस्तुत गरेका थिए । समाजका सदस्यहरुले व्यापक छलफल पछि ती दुबै प्रतिवेदन पारित गरेका थिए।
यसैगरी समाजको आमा समूहकी संयोजक कमला गुरुङले आफ्नो समूहको कार्यप्रगति विवरण पेश गरेकी थिइन् । सोही भेलामा बर्न्टओकमा सन्चालन भैरहेको नेपाली कक्षाका संयोजक भोलानाथ पनेरुले नेपाली कक्षामा बालबालिकाको उत्साहजनक सहभागिता भैरहेको बताए । त्यस्तै समाजका सदस्य बसन्त सिलवालले समाजलाई ब्रिटेनको च्यारिटी कमिशनमा दर्ता गर्दा विश्वसनीयता पनि बढने र विभिन्न कल्याणकारी कामहरु गर्न सजिलो हुने सुझाव दिए ।
समाजले हरेक वर्ष गृष्म याममा समर भेटघाट गर्नुकासाथै दशैंतिहारको अवसरमा रमाइलो कार्यक्रम पनि आयोजना गर्दै आएको छ। भूतपूर्व गोर्खा सैनिक परिवारकालागि बार्नेट कलेजसंगको सहकार्यमा अंगेजी भाषा कक्षा इसोल पनि सन्चालन गर्दै आएको छ।
सो अवसरमा बोल्दै समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्य गुरुङले बार्नेटमा आयोजना गरिने बहुसांस्कृतिक कार्यक्रमहरुमा भाग लिंदा स्थानीय नेपाली समुदायको पहिचान स्थापित हुनाकासाथै ब्रिटिश समाजमा एकीकरणकालागि पनि मदत पुग्ने बताए । उनले समाजले स्थापना कालदेखि नै मर्दापर्दा एकआपसमा सहयोग आदानप्रदान गर्दै आएकोमा अब युवा तथा बालबालिकाहरुकालागि पनि विभिन्न कार्यक्रम सन्चालन गरी अघि बढनुपर्ने सुझाव दिए ।
हाल नेपालमा रहेका समाजका पूर्व अध्यक्ष उदय गुरुङले साधारणसभाको सफलताको कामना गर्दै शुभकामना पठाएका थिए । साधारणसभाको अन्त्यमा समाजका अध्यक्ष रमेश गुरुङले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि समाजका सबै गतिविधिमा सकृय सहभागिताका लागि आग्रह गरेका थिए ।
सभामा आमा समूहको सौजन्यमा दिवाभोजको व्यवस्था गरिएको थियो ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ