सोल (दक्षिण कोरिया), १८ मङ्सिर । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यूज हेको भ्रष्टचार काण्डलाई लिएर विगत छ हप्तादेखि जारी विशाल विरोध सभामा शनिबार पनि लाखौं जनताले सहभागीता जनाए । कोरियालीहरुले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उहाँमाथि लागेको अनियमितता सम्वन्धी आरोपमा पक्राउ गर्नृुपर्ने मागसहित सहभागिता जनाएका हुन् ।
दक्षिण कोरियाली संसदमा राष्ट्रपति विरुद्ध यहाँका प्रतिपक्षी दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि महाभियोग प्रस्तावमाथि आगामी शुक्रबार मतदान हुनुभन्दा पहिले भएको प्रदर्शनमा यस पहिलेजस्तै विशाल जनसमर्थन देखिएको हो ।
संसद्बाट प्रस्ताव पारित भएपनि नभएपनि पार्क कोरियाली इतिहासमा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनुहुनेछ जसले आफ्नो पाँच बर्षे कार्यकाल पूरा नगरिकनै विदा हुनुहुनेछ ।
चौसठ्ठी–बर्षीय पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ । उहाँले आफै सत्ताबाट हट्नुहुनेछ वा उहाँलाई पदबाट हटाइने छ भन्ने विषयले विशेष चर्चा पाइरहेको छ ।
शनिबार विहान संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्दा १७१ सांसदको हस्ताक्षर छ । महाभियोग प्रस्ताव पासहुन दुईतिहाई सदस्यले पारित गर्नुपर्छ । कोरियाली राष्ट्रिय सभामा ३०० सदस्य रहेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा