
लन्डन । नेपालको पहिलो एनिमेटेड फिल्म शंखधरया बाखं (दि लिजेन्ड अफ शंखधर) लन्डनस्थित सफारी सिनेमा हलमा प्रदर्शन हुने भएको छ । पासा पुच गुठी यूकेले फिल्मको ग्लोबल प्रिमियरका क्रममा लन्डनमा आगामी ११ डिसेम्बर आइतबार दिउसो फिल्म देखाउन लागेको हो । यसअघि उक्त फिल्म नेपाल सम्वत ११३७ का अवसरमा लन्डन
ग्रीनफोर्ड टाउन हलमा प्राइभेट भ्यूइङ गरिएको थियो । फिल्म अमेरिकामा ११ डिसेम्बरकै दिन र नेपालमा १७ डिसेम्बरमा प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
२० अक्टोबर, ८७९ एडीमा नेपाल सम्वत शुरु गर्ने र गरिबहरुको ऋण मोचन गरिदिने शंखधर साख्वामा फिल्म आधारित छ । अंग्रेजी सबटाइटलसहित नेपाल भाषा र नेपाली भाषामा बनेको उक्त फिल्मले नेवारी कला संस्कृतिलाई जगेर्ना गरेको प्रयास समेत गरेको छ । उक्त फिल्म यन्त्रकला ब्यानरमा निर्माण भएको हो । फिल्म निर्देशन, एनिमेसन र लेखन संयुक्त श्रेष्ठ, अन्जना श्रेष्ठ र नियुक्त श्रेष्ठले गरेका छन् । संगीत विश्व शाही र गंगा थापाको छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ