
लन्डन । नेपालको पहिलो एनिमेटेड फिल्म शंखधरया बाखं (दि लिजेन्ड अफ शंखधर) लन्डनस्थित सफारी सिनेमा हलमा प्रदर्शन हुने भएको छ । पासा पुच गुठी यूकेले फिल्मको ग्लोबल प्रिमियरका क्रममा लन्डनमा आगामी ११ डिसेम्बर आइतबार दिउसो फिल्म देखाउन लागेको हो । यसअघि उक्त फिल्म नेपाल सम्वत ११३७ का अवसरमा लन्डन
ग्रीनफोर्ड टाउन हलमा प्राइभेट भ्यूइङ गरिएको थियो । फिल्म अमेरिकामा ११ डिसेम्बरकै दिन र नेपालमा १७ डिसेम्बरमा प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
२० अक्टोबर, ८७९ एडीमा नेपाल सम्वत शुरु गर्ने र गरिबहरुको ऋण मोचन गरिदिने शंखधर साख्वामा फिल्म आधारित छ । अंग्रेजी सबटाइटलसहित नेपाल भाषा र नेपाली भाषामा बनेको उक्त फिल्मले नेवारी कला संस्कृतिलाई जगेर्ना गरेको प्रयास समेत गरेको छ । उक्त फिल्म यन्त्रकला ब्यानरमा निर्माण भएको हो । फिल्म निर्देशन, एनिमेसन र लेखन संयुक्त श्रेष्ठ, अन्जना श्रेष्ठ र नियुक्त श्रेष्ठले गरेका छन् । संगीत विश्व शाही र गंगा थापाको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित