
लन्डन । दुई दशकदेखि सुदूरपश्चिमलाई आफ्नो कर्मथलो बनाउँदै आएका पत्रकार स्वर्गीय कर्ण बोहोराको परिवारको सहयोगार्थ बेलायतका पत्रकारहरु जुटेका छन् । नेपाल पत्रकार महासंघ, बेलायतले आर्थिक संकलन अभियान शुरु गरेको हो ।
मृगौला पीडित श्रीमतीको उपचारका लागि काठमाडौँ आएका बेला २०७३ मंसिर १० गते ३८ वर्षको उमेरमा बोहोराको भेनस अस्पतालमा निधन भएको थियो । उनको निधनबाट उनकी मृगौला पीडित ३७ वर्षीया पत्नी पत्रकार ममता बोहोराको जीवन अन्यौलमा छ भने ७२ वर्षीय आमा र चार नाबालक भतिजाभतिजीको सहारा गुमेको छ ।
बोहोरा जन्मिनु तीन महिनाअघि नै उनको पिताको निधन भइसकेको थियो भने दाजु भाउजु दुवैको असामयिक मृत्युपछि चारजना भतिजा भतिजीको पालनपोषणको जिम्मा उनैले लिएका थिए । उनी आफैँ पनि मुटुरोगबाट पीडित थिए । उनको दाहसंस्कारका बेला पशुपति आर्यघाटमा उनकी वयोवृद्ध आमाको वियोगान्त तस्वीरले सबैलाई मर्माहत बनाएको थियो ।
नेपाल पत्रकार महासंघले पनि आर्थिक संकलन अभियान शुरु गरेको छ । उनका परिवारजन र हितैषीहरुले देशविदेशबाट सक्दो सहयोग गर्न अनुरोध गरेको र पत्रकार दम्पत्तीमाथि आइलागेको यस्तो महाविपत्तिमा सकेको सहयोग गर्नु मानवीय दायित्व ठानी नेपाल पत्रकार महासंघ यूकेले सहयोग संकलन शुरु गरेको अध्यक्ष नरेश खपांगीमगरले जनाए ।
सहयोगका लागि नेपाल पत्रकार महासंघ यूकेको निम्न बैँक खातामा सहयोग जम्मा गरिदिन महासंघले सबै सहयोगी दयालु महानुभावहरुमा विनम्र अनुरोध गरेको छ ।
बैंक विवरण
FNJ UK
A/C 13299961
sort code 20-16-99
Barclays Bank
Reference : Please put your name
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह