
लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले कान्तिपुर
दैनिक आवद्ध वरिष्ठ पत्रकार एवं निर्वाण (जीवन बदल्ने पुस्तक) का लेखक घनश्याम खड्कासंग साहित्यिक अन्तरक्रिया गर्ने भएको छ ।
हाल लिड्स विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत पत्रकार खड्कासंग आगामी १७ डिसेम्बर, २०१६ सांझ बेम्लीस्थित बेम्ली तन्दुरी रेष्टुरेन्टमा कार्यक्रम गर्न लागिएको हो । प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यका अनुसार राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने उक्त कार्यक्रममा बेलायतका प्राज्ञ, साहित्यकार तथा सञ्चारकर्मीहरु सहभागी हुनेछन् ।
प्रतिष्ठानले इच्छुकलाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरेको छ ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त