लन्डन । बेलायती सांसद डा. तानिया माथिएसले नेपालको प्राकृतिक सौन्दयर्ताले आफूलाई मोहित पार्ने बताएकी छन् । हिथ फिल्ड कन्जरभेटिभले आफ्ना सदस्यहरुबीच आयोजना गरेको च्यारिटी डिनरमा टवीकेनहाम क्षेत्रकी सांसद तानियाले नेपाली सञ्चारकर्मीसंग आफू सानै उमेरमा नेपाल गएको स्मरण गर्दै समय मिले फेरि नेपाल घुम्न इच्छुक भएको बताइन् । नेपाली सञ्चारकर्मीले इलिंग साउथहलका सांसद बीरेन्द्र शर्मा, फेल्थाम र हेस्टनकी सांसद सिमा मल्होत्राले केही समय अघि नेपाल भ्रमण गरेको प्रसंग कोट्याउंदा तानियाले आफू पनि नेपाल घुम्न इच्छुक भएको बताएकी थिइन् ।
तानियाले बेलायतमा नेपाली समुदायको अवस्थाबारे समेत जिज्ञासा राखेकी थिइन् ।
अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित च्यारिटी डिनरमा रेष्टुरेन्ट सञ्चालक बाबुराम शर्मा आचार्यले अतिथीहरुको स्वागत गरेका थिए । उक्त अवसरमा काउन्सिलर र हिथ फिल्ड कन्जरभेटिभका पार्टी सदस्यहरु उपस्थित थिए । उनीहरुले आफ्नो क्षेत्रका विकास प्राथमिकता र पार्टीको रणनीतिक कार्यक्रमबारे छलफल गरेका थिए ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार