लन्डन । सिनेमा, डान्स र फेसन शो । अचेल बेलायतमा यिनका गतिविधि बढेका छन् । आइतबार बेलायतको चिसो मौसममा हट मोडलहरुले गरेको फेसन शो ले माहोल खुब ततायो । आकर्षण बुटिक कुपन्डोलले प्रायोजन गरेका पहिरन लगाएर व्यवसायिक देखिने ६ जना मोडलहरु रयाम्पमा उत्रिएका थिए ।
मोडलहरु कल्चरल, इभिनिङ, पार्टी ड्रेस र आकर्षक सारीमा प्रस्तुत भए । फेसन शोको कोरियोग्राफी बिना राईले गरेकी थिइन् । कोरियोग्राफर राई आफूले समेत क्याटवाक गरिन् ।
बेलायतका नेपाली ब्युटीसियनहरुको संस्था प्रोफेशनल ब्युटी असोसिएसन यूकेले अल्डरसटस्थित दि प्यालेसमा फेसन इभेन्ट आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । आसपास क्षेत्रमा एकैदिन तीनवटा कार्यक्रम जुध्दा पनि दर्शक उल्लेख्य आइदिएर कार्यक्रम सफल भएको आयोजकमध्ये एक माला आल्फोर्ड गुरुङले जनाइन् । कार्यक्रमका सहभागीले फेसन शोबाट नयां अनुभूति भएको बताएका थिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, मिस यूके नेपाल प्रतियोगिताकी आयोजक शान्ति गुरुङ लगायत अतिथीका रुपमा सहभागी थिए ।
तस्विरहरुः अमर राई
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]