
लन्डन । सहारा यूकेले शनिबार अल्डरस्थित एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरेको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त च्यारिटीमा मनकारी सयौं नेपाली सहभागी थिए । संस्थाका उपाध्यक्ष मिनबहादुर गुरुङको संयोजनमा उक्त च्यारिटी कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत सुवेदीले नाम जस्तै सहारा यूकेले दिन दुःखीलाई सहारा दिएर प्रशंसनीय काम गरेको बताए । सहारा यूके अध्यक्ष दिलिपकुमार गुरुङले संस्थाले गरेका सामाजिक कार्यको फेहरिस्त प्रस्तुत गर्दै संस्थालाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले यसै वर्ष संस्था च्यारिटीमा दर्ता भएको जानकारी दिंदै सामाजिक काममा संस्था अझ सक्रिय भएर लाग्ने प्रण समेत गरे ।
कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, सहारा एफसी युथका सन्दिप उपाध्याय लगायतले संस्थाको गतिविधिको प्रशंसा गरे । संस्थाका उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत मन्तव्य दिए ।
सहारा यूके महासचिव कुमार गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा सचिव कृष्ण गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए ।
कार्यक्रममा संस्थामा रहेर योगदान दिने व्यक्ति र दाताहरुलाई सम्मान गरियो भने नयां सदस्यहरुलाई स्वागत गरिएको थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम योगेश गुरुङ र निशा गुरुङले सञ्चालन गरेका थिए । उक्त अवसरमा विभिन्न नाचगान भएको थियो ।
सन् २००८ मा स्थापित र यसै वर्ष बेलायतको सोसियल च्यारिटी अर्गनाइजेसनमा दर्ता भएको सहारा यूकेले खेलकुद विकासबाहेक नेपालको पर्यटन र प्राकृतिक विपतका बेला सहयोग गर्दै आएको छ ।
संस्थाले विगत एक दशकदेखि पोखरामा हुने आहा रारा गोल्ड कपको पुरस्कार तथा ट्रफी प्रायोजन गर्दै आएको छ ।
खेलाडीको क्षमता अभिवृद्धि र नेपाली युवालाई स्थानीय समुदायसंग समायोजन गराउने उद्देश्यले सहारा यूकेले अल्डरसट टाउन एफसीसंग निकट रहेर उसको दश हजार पाउण्डको शेयर समेत किनेको छ । सहारा यूके टिम ५ वर्ष यता सन्डे डिष्ट्रिक्ट लिग डिभिजन वानमा अल्डरसटमा खेल खेल्दै आएको छ ।
यस वर्षमात्र सहारा यूकेले चार वर्ष रोकिएको एभरेष्ट कप आयोजना गरेको थियो ।
भूकम्पले क्षतिग्रस्त गोरखा घैरुङ १ स्थित श्री गणेश प्राइमरी स्कुल पुनर्निर्माण गरिसकेको छ भने सिन्धुपाल्चोकस्थित श्री हैबुङ महादेवस्थान सेकेन्डरी स्कुल पुनर्निर्माण गरिहेको छ । सहारा यूकेले सहारा क्लव पोखरा, सहारा हङकङ र सहारा अष्ट्रेलियासंग साझेदारीमा उक्त प्रोजेक्ट गरिरहेको हो ।
तस्विरः मिलन तमु
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी