सहारा यूकेको च्यारिटीमा उल्लेख्य सहभागिता

15181181_1423762650985201_6898768004049517764_n
लन्डन । सहारा यूकेले शनिबार अल्डरस्थित एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरेको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त च्यारिटीमा मनकारी सयौं नेपाली सहभागी थिए । संस्थाका उपाध्यक्ष मिनबहादुर गुरुङको संयोजनमा उक्त च्यारिटी कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत सुवेदीले नाम जस्तै सहारा यूकेले दिन दुःखीलाई सहारा दिएर प्रशंसनीय काम गरेको बताए । सहारा यूके अध्यक्ष दिलिपकुमार गुरुङले संस्थाले गरेका सामाजिक कार्यको फेहरिस्त प्रस्तुत गर्दै संस्थालाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले यसै वर्ष संस्था च्यारिटीमा दर्ता भएको जानकारी दिंदै सामाजिक काममा संस्था अझ सक्रिय भएर लाग्ने 
प्रण समेत गरे ।

कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, सहारा एफसी युथका सन्दिप उपाध्याय लगायतले संस्थाको गतिविधिको प्रशंसा गरे । संस्थाका उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत मन्तव्य दिए ।

सहारा यूके महासचिव कुमार गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा सचिव कृष्ण गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए ।
कार्यक्रममा संस्थामा रहेर योगदान दिने व्यक्ति र दाताहरुलाई सम्मान गरियो भने नयां सदस्यहरुलाई स्वागत गरिएको थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम योगेश गुरुङ र निशा गुरुङले सञ्चालन गरेका थिए । उक्त अवसरमा विभिन्न नाचगान भएको थियो ।

सन् २००८ मा स्थापित र यसै वर्ष बेलायतको सोसियल च्यारिटी अर्गनाइजेसनमा दर्ता भएको सहारा यूकेले खेलकुद विकासबाहेक नेपालको पर्यटन र प्राकृतिक विपतका बेला सहयोग गर्दै आएको छ ।

15107202_1423762647651868_4818409724855680719_n

संस्थाले विगत एक दशकदेखि पोखरामा हुने आहा रारा गोल्ड कपको पुरस्कार तथा ट्रफी प्रायोजन गर्दै आएको छ ।

खेलाडीको क्षमता अभिवृद्धि र नेपाली युवालाई स्थानीय 
समुदायसंग समायोजन गराउने उद्देश्यले सहारा यूकेले अल्डरसट टाउन एफसीसंग निकट रहेर उसको दश हजार पाउण्डको शेयर समेत किनेको छ । सहारा यूके टिम ५ वर्ष यता सन्डे डिष्ट्रिक्ट लिग डिभिजन वानमा अल्डरसटमा खेल खेल्दै आएको छ ।

यस वर्षमात्र सहारा यूकेले चार वर्ष रोकिएको एभरेष्ट कप आयोजना गरेको थियो ।

भूकम्पले क्षतिग्रस्त गोरखा घैरुङ १ स्थित श्री गणेश प्राइमरी स्कुल पुनर्निर्माण गरिसकेको छ भने सिन्धुपाल्चोकस्थित श्री हैबुङ महादेवस्थान सेकेन्डरी स्कुल पुनर्निर्माण गरिहेको छ । सहारा यूकेले सहारा क्लव पोखरा, सहारा हङकङ र सहारा अष्ट्रेलियासंग साझेदारीमा उक्त प्रोजेक्ट गरिरहेको हो ।

तस्विरः मिलन तमु

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री