शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: १९:५४ | UK Time: 15:09

कास्ट्रोको निधनपछि कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य

वीनेपाली
२०७३ मंसिर १२ गते ०:४४

 

 

२००३ मा तत्कालिन जापानी प्रधानमन्त्रीसंग क्याष्ट्रो (बायां) । फाइल फोटो, तस्विरः एपी

२००३ मा तत्कालिन जापानी प्रधानमन्त्रीसंग क्याष्ट्रो (बायां) । फाइल फोटो, तस्विरः एपी

काठमाडौँ, ११ मङ्सिर । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्नुहुदै भन्नुभयो, “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भयो ।

खबरले विश्वका कम्यूनिष्ट विचार मनपराउने करोडौं मानिसलाई दुखी मात्र तुल्याएन उहाँको अनुपस्थितिमा उहाँले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित बनाउने पक्कै छ ।

फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बन्नुभएको थियो ।

सहकार्यबाट असम्भव हुने विषयपनि सङ्घर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युवाली जनताका सर्वोच्च नेता कास्ट्रोले करिब ५० वर्षसम्म अविराम सत्तामा रहँदा उहाँले आजिवन अमेरिकी प्रशासनको दादागिरीलाई क्युवामा ललकार्नुभयो । यसमा क्युवाली जनताले आफू चरम गरिबी सहेरपनि कास्ट्रोलाई आजिवन सहयोग गरे ।

सन् १२२६ मा क्युवाका दक्षिण–पूर्वी ओरिएन्टे प्रान्तमा जन्मनुभएका क्यास्ट्रोले सानैदेखि समाज परिवर्तन कसरी गर्न सकिन्छ र गरिव तथा बेसहारा मानिसलाई कसरी आर्थिक रुपमा माथि उकास्न सकिन्छ भनेर लाग्नु हुन्थ्यो । धनी परिवारमा जन्मनुभएपनि उहाँ गरिवको साथमा जीवन पर्यन्त रहनुभएको क्युवाली बहुसङ्ख्यक नागरिको बुझाइ रहेका छ ।

यसैशिलशिलामा उहाँले बासिटट शासनविरुद्ध विद्रोह गर्नुभयो यद्यपि उक्त विद्रोहमा उहाँले सफलता भने पाउन सक्नुभएन । फलतः करिव दुई बर्षका लागि जेल जानुपरयो । सन् १९५५ मा उहाँलाई बाँकि जेल जीवनबाट माफी दिने सरकारी समझदारी अनुसार जेलमुक्त गरियो । उहाँको नेतृत्व क्षमता देखेर हुनुपर्छ तत्कालिन क्युवाली सत्ता सधै उहाँबाट भयवित रहने गथ्र्यौ ।

जेलबाट मुक्त भएपछि उहाँले चे ग्वेभारासँग मिलेर सरकार विरुद्ध गुरिल्ला निर्माण गरी सङ्घर्ष शुरु गर्नुभयो । सङ्घर्षले उहाँलाई बाटिस्ट शासनमाथि विजय गरायो अनि उहाँ सन् १९५९ मा प्रधानमन्त्री बन्नुभयो ।

सन् १९६१ मा अमेरिकी गुप्तचर निकाय सिआइएको उक्साहटमा क्यूवाबाट अमेरिका गई निर्वासन जीवन विताइरहेका क्युवालीहरुको वे अफ पिगद्वारा सञ्चालन गरेको आक्रमणको सफलतासाथ प्रतिकार गरेका कास्ट्रो सन् १९७६ मा क्युवाको सर्वोच्च प्रशासनिक पद राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

सन् १९९२ मा क्युवाली शरणार्थीबार अमेरिकासँग सम्झौता गरी आफ्नो राष्ट्रवादी विचारलाई थप उज्ज्वलित गर्दै सन् २००८ सम्म सत्तामा रहनुभएका उहाँले स्वास्थ्यका कारण आफ्ना भाई राहुल कास्ट्रोलाई जिम्मेवारी सुम्पनुभएको थियो ।

उहाँ आफ्ना समर्थकमाझ जनताका नेताका रुपमा चिनिनुहुन्छ भने विरोधिहरुले भने उहाँलाई क्युवामा आफ्नो वर्चश्व कायम राख्न व्यापक दमनकारी नीति लिएका भनी आलोचना गर्ने गर्छन् । सङ्घर्ष, अडान, राष्ट्रप्रेम र निरन्तरता कास्ट्रोबाट सिक्न लायक गुणहरू भएको उहाँलाई नजिकबाट चिन्ने राजनीतिज्ञहरु बताउछन् ।

क्यास्ट्रोको जीवन अमेरिकी प्रशासनका लागि सधै तगारो वन्यो । अमेरिकी धेरै राष्ट्रपति उहाँलाई पदबाट हटाउन कसरत त गरे तर कास्ट्रोले दश अमेरिकी राष्ट्रपतिलाई सामना गर्नुभयो तर क्युवालाई अमेरिकी प्रशासनसँग कह्ल्लिै झुकेको देख्न चाहनुभएन ।

उहाँले गत बर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवामा गएर दिएको सुझावप्रति व्यङ्ग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाउनुभएको थियो । पत्रमा अमेरिकाले क्युवाको खुशी हेर्न चाहन्छ भने कुनै दवाव होइन क्युबाको स्वतन्त्रताका लागि काम गर्न विना अवरोध दिए पुग्छ । क्युवाली जनतालाई फरक सोच र विचारका साथ अघि बढ्न गरेको आग्रहप्रति आक्रोस व्यक्त गर्दै १५ पेज लामो उक्त पत्रमा अमेरिकाले क्युवालाई कुनै पाठ सिकाउनु नपर्ने जनाएका थिए ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले फिडेल कास्ट्रोको जीवनको प्रशंसा गर्दै क्युवाली समाजवादी प्रतिमूर्तिको ९० बर्षको उमेरमा मृत्यु भएकोमा दुःख ब्यक्त गर्नुभएको शनिबार रसियाली प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्ती प्रकाशित गरी जनाएको छ ।

पुटिनले आफ्ना क्युवाली समकक्षि राहुल कास्ट्रोलाई पठाएको शोक सन्देशमा फिडेल कास्ट्रो रसियाको इमान्दार र विश्वसनीय मित्र हुनुहुन्थ्यो भन्नुभएको बताइएको छ ।

फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले कास्ट्रो केही क्युवालीका आशा केन्द्र भएको तथा केही भने उहाँले अमेरिका तथा यूरोपलाई हेर्ने नीतिका कारण उहाँप्रति खुशी नरहेका देखिने गरिएका बताउनु भएको छ ।

त्यसैगरी पूर्व सोभियत सङ्घका नेता मिखाइल गोर्भाचेभले क्युवालाई बलियो शक्तिका रुपमा खडा गर्ने कास्ट्रो एक निडर एवम् अतुलनीय व्यक्तित्व भएको प्रतिक्रिया दिनुभएको छ ।

यसैगरी भेनेजुयलाका राष्ट्रपति निकोलास माधुरोले फिडेल कास्ट्रोलाई क्युवाको धरोहरका रुपमा लिने गरेको जनाउदै उहाँको निधनले आफूलाई दुखी तुल्याएको बताउनुभयो ।

यसैवीच पूर्व राष्ट्रपति कास्ट्रोको निधनमा क्यूवाले दश दिनसम्म शोक मनाउने निर्णय गरेको छ । कास्ट्रोको अन्त्येष्टी डिसेम्वर ४ गतेका दिन गरिने पनि क्युवाले जनाएको छ । (विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक