बोगोटा, १० मङ्सिर । कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गर्नुभएको छ । सो शान्ति सम्झौता संसद् (कँग्रेश) मा पेश गरिने छ
यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको थियो वर्तमान राष्ट्रपति तथा प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सो सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागिएको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो ।
संशोधित शान्ति सम्झौतामा अघिल्लो शान्ति सम्झौताका कमजोरी सच्याइएको र प्रतिपक्षीहरुको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको सन्तोषले बताउनु भएको छ । नयाँ सम्झौताले प्रतिपक्षी दललाई पनि जिम्मेबार बनाउने उहाँको विश्वास छ ।
तर प्रमुख प्रतिपक्षी दलले भने सम्झौताप्रति असन्तुष्टी जनाउदै आएको छ । नोवेल शान्ति पुरस्कार विजेता समेत रहेका राष्ट्रपति सन्तोषले पूर्वराष्ट्रपति उरीबेलाई मनाउन धेरै प्रयास गर्नुभएको थियो ।
झण्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसङ्ग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौताले फार्क विद्रोही समूहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्देश्य लिइएको छ ।
सन्तोषले संसद्मा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यलाई दवाव दिनुभएको छ । संसद्मा सन्तोषको गठबन्धनको बहुमत रहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ