काठमाडौँ, ८ मङ्सिर । कर्मचारी कार्यालयमा भन्दा विदेश भम्रणमा धेरै समय बिताउन थालेको जनगुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले विदेश भम्रणलाई व्यवस्थित गर्न मापदण्ड बनाएको छ ।
माथिल्लो पदमा रहेका कर्मचारी वर्षको आधाभन्दा धेरै समय विदेशमा बिताउँदा कार्यालयका महत्वपूर्ण कार्य प्रभावित भएपछि मन्त्रालयले ‘मन्त्रालय र मातहतका कर्मचारी विदेश भम्रण मनोनयन समिति मापदण्ड’ बनाएर मङ्गलबारदेखि लागू गरेको हो ।
विदेश भम्रणमा जाने विषयमा कुनै मापदण्ड नभएकाले एकै व्यक्ति वर्षमा पाँच पटकभन्दा बढी देश बाहिर जाने, एउटै विषयवस्तुको कार्यक्रममा दोहोरिएर एकै व्यक्ति जाने र तल्लो स्तरका कर्मचारीका नाममा आएको निमन्त्रणामा पनि माथिल्लैस्तरका कर्मचारी मात्र जाने परिपाटीको अन्त्य गर्न मन्त्रालयले मापदण्ड बनाएको मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मापदण्डले विदेशमा हुने तालिम, भम्रण र गोष्ठीमा पठाउँदा सम्बन्धित समूहका कर्मचारीलाई प्राथमिकता दिएको छ । आवश्यकता हेरी वर्षमा ११आँै भन्दा माथिल्लो तहका कर्मचारी चारपटक, नौ र १० तहका कर्मचारी दुईपटक र सोभन्दा कम तहका कर्मचारी एकपटक मात्र विदेश भम्रणमा जाने सीमा अहिले तोकिएको छ ।”
मापदण्डले ११औँ तहका कर्मचारीले तालिम जान नपाउने व्यवस्था गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रालयमा माथिल्लो तहका कर्मचारीले मात्र विदेश जाने र तल्लोस्तरका कर्मचारीले मौका नै पाउने परिपाटीको अन्त्य गर्न मापदण्डको आवश्यकता परेको बताउनुभयो ।
मन्त्रीका सल्लाहकार प्रताप पौडेलका अनुसार मन्त्रालयको नाम आएको बाहेक व्यक्तिको नाममा आएको निम्तोमा मन्त्रालयले नपठाउने र त्यसका लागि व्यक्ति आफँैले व्यवस्था गर्नुपर्ने छ ।
भम्रणका लागि को जाने, कसलाई पठाउने भन्ने निर्णय गर्न मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ र सम्पूर्ण निर्णय अबदेखि समितिले गर्नेछ । मन्त्रालयले पठाएको विदेश भम्रणमा गएका व्यक्तिले फर्केर आएपछि त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्ने र त्यसलाई मन्त्रालयकै वेबसाइटमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था पनि मापदण्डले गरेको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै