काठमाडौँ, ८ मङ्सिर । थाइल्यान्डमा हुने एसिया कप प्रतियोगतामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
बीना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सफलताका लागि शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।
दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल एसिया कपमा छनोट भएको हो । एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा यो प्रतियोगिता यही मङ्सिर ११ गतेदेखि सञ्चालन हँुदैछ ।
नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, १३ गतेको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १४ गते बङ्गलादेश, १६ गते थाइल्यान्ड तथा १७ गते भारतससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातले क्षेत्रीको कप्तानीमा रहेको टोलीले उत्कृष्ट खेल प्रदर्शन विश्वास व्यक्त गर्नुभएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता