ब्रसेल्स (बेल्जियम), ८ मङ्सिर । युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पाआयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (ईईए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
सन् २००० देखि सन् २०१४ सम्म युरोपका विभिन्न सहरका ४०० अनुगमनस्थलमा गरिएको मूल्याङ्कन तथा विश्लेषणपछि प्रतिवेदनलाई सार्वजनिक गरिएको हो ।
प्रतिवेदनअनुसार सन् २०१४ मा ८५ प्रतिशत युरोपको सहरी जनसङ्ख्याले फेर्ने श्वासमा वायु प्रदूषणको मात्रा २.५ ‘पार्टीकुलेट म्याटर’ (पीएम) रहेको र यो स्वास्थ्यका लागि हानिकारक रहने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
यस्ता पीएम मुटु र रक्तधमनी (काडियोभास्कुलर) तथा श्वासप्रश्वास समस्या र फोक्सोको क्यान्सरका कारक तत्व रहने र यसैका कारण यहाँका मानिसले अल्पायुमा जीवन गुमाउने गरेको प्रतिवेदनमा जनाइएको छ ।
ग्रीन हाउस हरित ग्यास उत्सर्जन न्यूनीकरणले युरोपको वायु प्रदूषणमा पछिल्लो समय केही मात्रामा सुधार देखिए पनि यो मानव स्वास्थ्यको अस्वीकार्य क्षतिबाट सुरक्षित रहन पर्याप्त नभएको ईईएका कार्यकारी निर्देशक ह्यान्स ब्रुयनिक्सले बताउनुभयो ।
वायु प्रदूषणका कारण तत्वलाई नियन्त्रण गर्न जरुरी भएको र यसका लागि नयाँ किसिमका सुधारका प्रयास थाल्न ‘युरोपियन पार्लियामेन्ट’ले ईईए प्रतिबद्धतालाई कार्यान्वयनमा लान मतदान गर्नेमा वातावरण सम्वन्धी युरोपियन कमिसनर कारमेनु भेलाले बताउनुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी