
वासिङ्टन (अमेरिकी), ७ मङ्सिर । अमेरिकी विदेश विभागले विदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतङ्कवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा अमेरिकी नागरिकले “विदामा यूरोपमा हुने उत्सव, कार्यक्रम तथा बाहिरी बजारमा जाँदा सतर्कता अपनाउन” भनिएको छ ।
विभागले यो सतर्कताका लागि सूचना फेब्रुवरी २० सम्मलाई मध्यनजर गरी जारी गरेको हो ।
विज्ञप्तीमा अतिवादी समूहबाट यूरोपमा आक्रमण जारी राखेको । अमेरिका तथा यूरोप वर्षको अन्त्य तथा नयाँ वर्षको सुरुवातमा दिइने लामो विदा बिताउन विदेश यात्रामा निस्कने कुरालाई मध्यनजर गर्दै विदेश विभागले सो सूचना जारी गरेको हो ।
सूचनामा कसले र कस्तो किसिमका आक्रमण हुन सक्ने सम्भावना छन् भनी विस्तारमा केही बताइएको छैन ।
सन् २०१५ को जनवरी पछि एक पछि अर्को गर्दै भएको आक्रमणमा फ्रान्स र बेल्जियममा २५० मानिसको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका घटनामा अतिवादी इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई