लन्डन । बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुले स्वदेशको विकासका लागि आफ्नो सीप दिन आतुर रहेको बताएका छन् । यहां आफूहरुले सिकेको सीप र ज्ञान नेपाल सरकारले महत्व ठानेर सदुपयोग गर्नुपर्ने उनीहरुको आग्रह छ । विशेषगरि रेल र भौतिक पूर्वाधार निर्माणमा नेपाली इन्जिनियरले समेत राम्रो अनुभव र ज्ञान सिकिरहेको बताउंदै उनीहरुले त्यो हस्तान्तरण गर्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखेका छन् ।
सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेले लन्डनमा आयोजना गरेको
‘नेपालको विकासः चुनौती र अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल बुद्धिजिवी परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले
समृद्ध नेपाल नहुनुको कारक राजनीतिक अस्थिरता र
कर्मचारीतन्त्रमा सुशासन नभएको दावी गरे । मुलुक उदारवादी अर्थतन्त्रमा गए लगत्तै द्वन्द्वमा फंसेपछि विकास र समृद्धि सुस्त भएको उनको ठम्याइ थियो । मोरक्कोमा आयोजित जलवायु परिवर्तन सम्वन्धि
राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर लन्डन आएका बेला देवकोटाले राज्यले विदेशमा रहेका विषयगत विज्ञहरुलाई पहिचान गरेर सेवा लिने संयन्त्र बनाउन सक्नुपर्ने औंल्याए ।
‘योजना आयोगमा जो मान्छे छन् उनीहरुमा सबै विज्ञता म संग छ भन्ने भ्रम छ’, आयोगका पूर्व उपाध्यक्ष देवकोटाले भने, ‘आयोगले कम्तीमा २० वर्षे दीर्घकालिन विकास योजनालाई राष्ट्रिय संकल्पका रुपमा संसदबाटै पारित गराए मात्र विकास सम्भव छ जसले गर्दा सरकार परिवर्तन भए पनि विकास योजना प्रभावित हुन्न ।’
उक्त कार्यक्रममा सोसाइटी अध्यक्ष घनश्याम पौडेल, पूर्व अध्यक्ष राजेश पाठक, अर्थवीद विकलचन्द्र आचार्य, भोजराज बराल, रामचन्द्र पौडेल, रामकृष्ण अधिकारी, रुद्र कोइराला, सुवोध तिमिल्सिना, श्याम थापा, विजय बज्राचार्य, स्वीकृत पण्डित, हरिकृष्ण न्यौपाने लगायतले आ आफ्नो जिज्ञासा र सुझाव दिएका थिए ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी