
जेनेभा (स्वीट्जरल्यान्ड), ६ मङ्सिर । सिरियाको पूर्वी भूभागमा रहेको अलेप्पो सहरमा दुई लाख ५० हजार मानिस बसोबास गर्दै आए पनि सरकार र विद्रोहीबीचको द्वन्द्वका कारण स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पलायन हुँदा अस्पतालहरु कार्यरत अवस्थामा नरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राज्यमा भएको गृहयुद्धले अस्पताल तथा अन्य स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थालाई समेत निशाना बनाएपछि हाल कुनै पनि अस्पताल सेवा प्रदान गर्ने अवस्थामा नरहेको जनाएको हो ।
गत मङ्गलबार सरकारद्वारा विद्रोहीविरुद्ध आक्रामक रुपमा उक्त क्षेत्रमा धावा बोलेपछि दुई लाख ५० हजार जनसङ्ख्या भएको पूर्वी अलेप्पोमा नागरिकले सामान्य साना क्लिनिकबाट पाउने सेवा बाहेक अन्य सेवाबाट बञ्चित हुनुपरेको डब्लूएचओले जनाएको छ ।
उक्त क्षेत्रमा मानवीय विपत्तिलाई जोगाउनका गागि गरिने हर किसिमका प्रयासहरु असफल हुँदा स्वास्थ्यसम्बन्धी ठूला विपत्ति आएको अवस्थामा समेत काम गर्न कठिन बनेको सिरियाका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभयो ।
अलेप्पोको सरकार नियन्त्रित पश्चिम भूभागमा समेत विद्रोहीको निरन्तर आक्रमण भएको जनजीवन प्रभावित बने पनि अधारभूत मानवीय सहयोग सामग्रीको आपूर्ति भने भइरहेको उहाँको भनाई छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई