
जेनेभा (स्वीट्जरल्यान्ड), ६ मङ्सिर । सिरियाको पूर्वी भूभागमा रहेको अलेप्पो सहरमा दुई लाख ५० हजार मानिस बसोबास गर्दै आए पनि सरकार र विद्रोहीबीचको द्वन्द्वका कारण स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थामा कार्यरत स्वास्थ्यकर्मीसमेत पलायन हुँदा अस्पतालहरु कार्यरत अवस्थामा नरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राज्यमा भएको गृहयुद्धले अस्पताल तथा अन्य स्वास्थ्य सेवा प्रदायक सङ्घसंस्थालाई समेत निशाना बनाएपछि हाल कुनै पनि अस्पताल सेवा प्रदान गर्ने अवस्थामा नरहेको जनाएको हो ।
गत मङ्गलबार सरकारद्वारा विद्रोहीविरुद्ध आक्रामक रुपमा उक्त क्षेत्रमा धावा बोलेपछि दुई लाख ५० हजार जनसङ्ख्या भएको पूर्वी अलेप्पोमा नागरिकले सामान्य साना क्लिनिकबाट पाउने सेवा बाहेक अन्य सेवाबाट बञ्चित हुनुपरेको डब्लूएचओले जनाएको छ ।
उक्त क्षेत्रमा मानवीय विपत्तिलाई जोगाउनका गागि गरिने हर किसिमका प्रयासहरु असफल हुँदा स्वास्थ्यसम्बन्धी ठूला विपत्ति आएको अवस्थामा समेत काम गर्न कठिन बनेको सिरियाका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभयो ।
अलेप्पोको सरकार नियन्त्रित पश्चिम भूभागमा समेत विद्रोहीको निरन्तर आक्रमण भएको जनजीवन प्रभावित बने पनि अधारभूत मानवीय सहयोग सामग्रीको आपूर्ति भने भइरहेको उहाँको भनाई छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले दियो सर्वोच्चमा रिट, निर्वाचनका लागि आयोगमा दर्ताको निवेदन
ओशाकाको कार्यक्रमसंगै नेपथ्यको जापान यात्रा सम्पन्न
एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग