काठमाडौँ, ५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पमकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै सन्देश पठाउनुहुँदै आज बिहान भारतको कानपुरनजिक पटना–इन्डोर एक्सप्रेसको एक रेल लिकबाट उछिट्टिइ भएको दुर्घटनामा ठूलो सङ्ख्यामा हताहति भएकोमा समवेदना व्यक्त गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीले आफ्ना समकक्षीलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुकासाथै उहाँहरुमार्फत शोकसंतप्त परिवारमा पनि समवेदना व्यक्त गर्नु भएको छ ।
उहाँहरुले सन्देशमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?