राष्ट्रपति र प्रधानमन्त्रीबाट भारतीय समकक्षीलाई समवेदना

तस्विरः एपी

तस्विरः एपी

काठमाडौँ, ५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पमकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै सन्देश पठाउनुहुँदै आज बिहान भारतको कानपुरनजिक पटना–इन्डोर एक्सप्रेसको एक रेल लिकबाट उछिट्टिइ भएको दुर्घटनामा ठूलो सङ्ख्यामा हताहति भएकोमा समवेदना व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीले आफ्ना समकक्षीलाई हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्नुकासाथै उहाँहरुमार्फत शोकसंतप्त परिवारमा पनि समवेदना व्यक्त गर्नु भएको छ ।

उहाँहरुले सन्देशमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री