
काठमाडौँ, ५ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।
आज बसेको एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा ल्याउनु गम्भीर भएको निष्कर्ष निकालेको हो ।
एमाले उपाध्यक्ष भीम रावलले रासससँग कुरा गर्दै संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताउनुभयो ।
“स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विमर्ष भयो, खासगरी सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने चर्चा चलाएको छ, जुन औचित्यहीन छ, जे जस्ता विषयमा संशोधन गरिँदैछ, त्यो जनताको अहितमा छ, यसबारे बैठकमा गम्भीर समीक्षा भयो”–उहाँले भन्नुभयो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?