
काठमाडौँ, ५ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।
आज बसेको एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा ल्याउनु गम्भीर भएको निष्कर्ष निकालेको हो ।
एमाले उपाध्यक्ष भीम रावलले रासससँग कुरा गर्दै संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताउनुभयो ।
“स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विमर्ष भयो, खासगरी सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने चर्चा चलाएको छ, जुन औचित्यहीन छ, जे जस्ता विषयमा संशोधन गरिँदैछ, त्यो जनताको अहितमा छ, यसबारे बैठकमा गम्भीर समीक्षा भयो”–उहाँले भन्नुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]