लिमा, ५ मङ्सिर । चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ ।
यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान द्विपक्षीय सम्बन्धलाई अझै स्वस्थ्य र दरिलो पार्दै अघि बढाउँदै लैजानमा सहमत हुँदै यसलाई अविनाशी र चीरस्थायी पार्नमा दुवैले सक्दो प्रयास गर्नेसमेत व्यक्त गरिएको छ ।
एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन जानुभएका राष्ट्रपतिद्वयले सम्मेलनको शून्य समय वार्ता (साइड लाइन टक्स) मा छलफल गर्दै दुवै जनाको संयुक्त प्रयासले द्विपक्षीय सम्बन्ध बिस्तारमा नौलो आयाम थपी अतिरिक्त प्रगति हासिल गर्ने पनि बताउनुभएको छ ।
चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही दिन अघि मात्र टेलिफोन वार्ता भएको पनि समकक्षी ओबामासँग चर्चा गर्दै सिले ओबामासँग जस्तै नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग दुई देशको सरोकार रहेका हरेक क्षेत्रमा घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको समेत बताउनुभएको छ ।
त्यस्तै, विगतका केही वर्षदेखि चीनसँग नजिकिँदै क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सफल द्विपक्षीय सहकार्य गरेको र यसमा राष्ट्रपति सिले गर्नुभएको हार्दिक सहयोग, मित्रता र आपसी विश्वासको राष्ट्रपति ओबामाले पनि स्मरण गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च