लण्डन । भूतपूर्व गोरखा सैनिक लोकेन्द्र लिम्बु बेलायतको नटिघममा कुटिएका छन् ।
६० वर्षीय लिम्बुलाई दौड्न गएको बखत तीन जनाको समूहले क्लिफटन क्षेत्रको फेरहम ब्रुकमा बुधबार दिउँसो कुटपिट गरेको बेलायती रक्षा मन्त्रालयद्वारा संचालित फोर्सेस टिभीले जनाएको छ ।
दौड्दै गरेको बेला तीन जनाको समूहले उनलाई रोकेको थियो । त्यसमध्ये एक जनाले सावेल बोकेको र अर्कोले उनलाई घचेटेको लिम्बुले बताएका छन् । “दोस्रो मान्छेले सावेल बोकेको थियो । उसले साबेल उठायो । म डरले सावेलमा हेरिरहेँ । यत्तिबेलै उसले मलाई अनुहार र मुखैमुखमा मुक्का हान्यो । म ढलेँ”, उनले भने ।
कुटाइ खाएपछि केही समय बेहोस समेत भएका लिम्बुले शुरुमा यो घटना परिवारका कसैलाई भनेका थिएनन् ।
घटना थाहा पाएपछि उनलाई छोरीले अस्पताल लगेकी थिइन् ।
छोरी तेजा लिम्बु भन्छिन्, “यो देशको लागि सेवा गरेका र ६० वर्ष पुगिसकेको मान्छेलाई कुनै कारणबिना बेहोस हुने गरी कुटिइँदा छक्क परेको छु ।”
“मेरा बाबा पूर्व सैनिक हो । जसले यो देशको सेवा गर्यो र सधैँ यो देशको कानुनलाई पालना गर्दै आयो । यो सारै दुःखलाग्दो घटना हो र म सारै डराएको छु । मैले कहिल्यै सोचेको थिइनँ कि यो देशलाई सुरक्षा र सेवा गरिरहेका बेला ६० वर्षको उमेरमा उहाँमाथिक कसैले आक्रमण गर्छ भनेर”, छोरी तेजा लिम्बुले भनिन् ।
उनले फकल्याण्डको लडाइँ लडेका थिए । उनले १५ वर्ष गोरखा रेजिमेण्टमा रही बेलायतको सेवा गरेका थिए ।
घटनाका बारेमा नटिघमसायर प्रहरीले अनुसन्धान गर्दै गरेको बताइएको छ ।
बीबीसीसित उनले यसरी अाक्रमण भएको बताए
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा