
काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाउनुभएको बारे जानकारी गराइएको छ ।
सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामा सफाइ पाउनुभएकाले उहाँको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिनुभयो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो ।
बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?