सांसद् लामाको निलम्बन फकुवा

Lharkyal-Lama1

काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाउनुभएको बारे जानकारी गराइएको छ ।

सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामा सफाइ पाउनुभएकाले उहाँको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिनुभयो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो ।

बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री