मनिला, १ मङगसिर । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नु भएको छ ।
केही महिनाअघि राष्ट्रपति डुटेर्टेले ठूलै हिम्मत गरी फिलिपिन्समा लागू पदार्थका तस्कर र दुव्र्यसनीहरुविरुद्ध युद्धस्तरमा कारबाही चलाउनु भएको थियो ।
सोही क्रममा धेरैलाई धर,पकड, थुन,छेक र कडै दण्ड,सजायँ गर्दा ज्यादति गरेको भनी अन्तर्राष्ट्रिय स्तरमा उहाँले निकै आलोचना खेप्नु परेको थियो ।
त्यस बखत आफ्नो कारबाहीलाई समर्थन गरी सघाउनुको सट्टा उल्टै आलोचना गरेको भनी अमेरिकी राष्ट्रपति बाराक ओबामासँग रुष्ट हुनुभई उहाँले निकै गुनासो समेत गर्नु भएको थियो ।
निर्वाचनमा ट्रम्प विजयी हुनुभएकोमा हाल आफू निकै प्रसन्न रहेको पनि राष्ट्रपति डुटेर्टेले गतः मङ्गलवार एक पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
त्यस्तै, राष्ट्रपति डुटेर्टेले निकट भविष्यमा पेरुको राजधानी लिमामा आयोजना हुन गइरहेको एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुकाबीच आर्थिक सहयोग मन्च (एपेक) को शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न समेत उत्साहपूर्वक प्रतिक्ष गरिरहेको बताउनु भएको छ ।
अमेरिका र फिलिपिन्सबीच चिसिएको सम्बन्ध ट्रम्पको कार्यकालमा सुधारिन्छ त रु भन्ने जिज्ञासा राखी पत्रकार सम्मेलनमा सोधिएको एउटा प्रश्नको उत्तरमा “किन सुधार नहुनु, मेरो कसैसँग रिस,राग, झै,झगडा छैन । म सबैका मित्र बन्न इच्छुक छु” राष्ट्रपति डुटेर्टेले भन्नु भयो ।
रुसका राष्ट्रपति पुटिनसँग किन भेटघाट गर्ने रु भन्ने जिज्ञासा राखिएकोे अर्को प्रश्नको उत्तरमा “राष्ट्रपति पुटिन पनि बन्दुक (कडा र अन्तिम कारबाही) निकै मन पराउने नेता हुनु भएकाले उहाँको र मेरो कुरो मिल्छ, त्यही भएर नै आगामी एपेक शिखर सम्मेलनमा उहाँसँग मैले रुस र फिलिपिन्स घनिष्ठ मित्र हुनुप¥यो भन्ने प्रस्ताव राख्दैछु” राष्ट्रपति डुटेर्टेले भन्नु भयो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम