
नेपाल तरुण दलको शनिबारदेखि सुरु भएको चौथो महाधिवेशनको बन्दसत्रस्थल पोखरा सभागृहमा आइतबार तरुण कार्यकर्ताको चहलपहल । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, २८ कात्तिक । नेपाल तरुण दलको शनिबारदेखि यहाँ सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा युवासँग सम्बन्धित सबै समस्याको समाधान गर्न आवाज उठाउने तरुण दल वर्तमानको आवश्यकता रहेको बताउनुभयो । बन्दसत्रमा राजनीतिक, आर्थिक र अन्य समसामयिक विषयमा छलफल गरिनेछ ।
बन्दसत्रमा युवाकेन्द्रित समसामयिक विषय र दलको आगामी कार्ययोजना प्रस्तुत गरिने तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिनाले बताउनुभयो । महाधिवेशनका लागि देशभरबाट आएका एक हजार ४०० प्रतिनिधि बन्द सत्रमा सहभागी छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा