
नेपाल तरुण दलको शनिबारदेखि सुरु भएको चौथो महाधिवेशनको बन्दसत्रस्थल पोखरा सभागृहमा आइतबार तरुण कार्यकर्ताको चहलपहल । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, २८ कात्तिक । नेपाल तरुण दलको शनिबारदेखि यहाँ सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा युवासँग सम्बन्धित सबै समस्याको समाधान गर्न आवाज उठाउने तरुण दल वर्तमानको आवश्यकता रहेको बताउनुभयो । बन्दसत्रमा राजनीतिक, आर्थिक र अन्य समसामयिक विषयमा छलफल गरिनेछ ।
बन्दसत्रमा युवाकेन्द्रित समसामयिक विषय र दलको आगामी कार्ययोजना प्रस्तुत गरिने तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिनाले बताउनुभयो । महाधिवेशनका लागि देशभरबाट आएका एक हजार ४०० प्रतिनिधि बन्द सत्रमा सहभागी छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?