लण्डन । मुलुकको विकासका लागि आर्थिक क्रान्तिको नारा दिएर नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका डा. बाबुराम भट्टराईको युकेस्थित पत्रकार सम्मेलनमा खानाका लागि पत्रकारहरुसित पैसा उठाइएको छ । शुक्रबार युके आइपुगेका डा. भट्टराईको पत्रकार सम्मेलन लण्डनस्थित मोन्टिज रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।
सो पत्रकार सम्मेलनमा गेष्ट र पत्रकारहरुको लञ्चका लागि भन्दै पत्रकारहरुसितै जनही १० पाउण्ड उठाइएको थियो । सो पत्रकार सम्मेलनमा उपस्थित भइदिन नयाँ शक्ति नेपालको युकेस्थित भातृ संगठन इन्टरन्यानशल नेपलिज सोसाइटी (आइएनएस) ले पत्रकारहरुलाई निमन्त्रणा गरेको थियो । निमन्त्रणामा भने लञ्चका लागि पैसा तिर्नुपर्ने अग्रिम सूचना दिइएको थिएन । पत्रकार सम्मेलनमा पुगेका एक पत्रकारले भने, “लञ्च खाने बेलामा कसैले पनि लञ्चका लागि पैसा तिनुपर्छ भनेनन् । कार्यक्रम सकेर निस्कने बेलामा गेटमा बसेका आयोजकले ‘लञ्चको पैसा हजुर’ भनेपछि प्रतिवाद गर्न पनि मन लागेन । खुरु खुरु पैसा तिरेर निस्किएँ ।” यसरी पैसा उठाइएका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ युकेका उपाध्यक्ष, सभासदहरुसमेत छन् ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सो घटनाबारे पत्रकार सम्मेलनका आयोजक संस्थाका अध्यक्ष भोला खनालको ध्यानाकर्षण गराएको बताएका छन् । यसबारे खनालले खपाङ्गीसंग भनेका छन्, ‘असमझदारीका कारण पत्रकारहरुसित पनि पैसा उठाइयो होला । यसमा भएको कमी स्वीकार गर्दछु र भविष्यमा यस्ता घटना हुन नदिन र पत्रकारहरुसित कसरी व्यवहार गर्ने भन्ने बारेमा तपाईहरु (महासंघ) सितै सल्लाह गरेर अघि बढ्ने छु ।’
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा