लण्डन । मुलुकको विकासका लागि आर्थिक क्रान्तिको नारा दिएर नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका डा. बाबुराम भट्टराईको युकेस्थित पत्रकार सम्मेलनमा खानाका लागि पत्रकारहरुसित पैसा उठाइएको छ । शुक्रबार युके आइपुगेका डा. भट्टराईको पत्रकार सम्मेलन लण्डनस्थित मोन्टिज रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।
सो पत्रकार सम्मेलनमा गेष्ट र पत्रकारहरुको लञ्चका लागि भन्दै पत्रकारहरुसितै जनही १० पाउण्ड उठाइएको थियो । सो पत्रकार सम्मेलनमा उपस्थित भइदिन नयाँ शक्ति नेपालको युकेस्थित भातृ संगठन इन्टरन्यानशल नेपलिज सोसाइटी (आइएनएस) ले पत्रकारहरुलाई निमन्त्रणा गरेको थियो । निमन्त्रणामा भने लञ्चका लागि पैसा तिर्नुपर्ने अग्रिम सूचना दिइएको थिएन । पत्रकार सम्मेलनमा पुगेका एक पत्रकारले भने, “लञ्च खाने बेलामा कसैले पनि लञ्चका लागि पैसा तिनुपर्छ भनेनन् । कार्यक्रम सकेर निस्कने बेलामा गेटमा बसेका आयोजकले ‘लञ्चको पैसा हजुर’ भनेपछि प्रतिवाद गर्न पनि मन लागेन । खुरु खुरु पैसा तिरेर निस्किएँ ।” यसरी पैसा उठाइएका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ युकेका उपाध्यक्ष, सभासदहरुसमेत छन् ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सो घटनाबारे पत्रकार सम्मेलनका आयोजक संस्थाका अध्यक्ष भोला खनालको ध्यानाकर्षण गराएको बताएका छन् । यसबारे खनालले खपाङ्गीसंग भनेका छन्, ‘असमझदारीका कारण पत्रकारहरुसित पनि पैसा उठाइयो होला । यसमा भएको कमी स्वीकार गर्दछु र भविष्यमा यस्ता घटना हुन नदिन र पत्रकारहरुसित कसरी व्यवहार गर्ने भन्ने बारेमा तपाईहरु (महासंघ) सितै सल्लाह गरेर अघि बढ्ने छु ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा