
प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भारतीय सेनाका सेनापति दलबीर सिंहले भेट गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले आज भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनःर्निर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेकोे पनि बताउनुभयो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा तीनदिने नेपाल भ्रमणमा शुक्रबार आउनुभएका सुहागले प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
भारतीय सेनाबाट सेवानिवृत्त नेपालीको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागिएको उहाँले प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा