लन्डन । गोर्खाली समाज यूकेले १२ नोभेम्बर, शनिबार सांझ अल्डरसटमा गर्न लागेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी डा. बाबुराम भट्टराई हुने भएका छन् । गोरखा निवासी नयां शक्ति नेपालका संयोजक डा. भट्टराई बेलायत भ्रमणका क्रममा च्यारिटीमा समेत पुग्ने भएका हुन् । भोलि शुक्रबार लन्डन उत्रने भट्टराई अन्तर्राष्टिय नेपाली समाज बेलायतको निम्तोमा यूके आउंदैछन् । उनले बेलायत रहंदा लन्डन स्कुल अफ इकोनोमिक्स, अक्सफोर्ड युनिभर्सिटी र अल्डरसटस्थित एम्पायर हलमा नेपालको आर्थिक विकास र समृद्धि विषयमा प्रवचन दिने कार्यक्रम छ । उनले जनजाती महासंघ यूकेको कार्यक्रममा प्रवचन र बेलायती राजनीतिज्ञहरुसंग समेत भेट्ने तय भएको छ ।
च्यारिटी कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, स्वीटजरल्याण्डबाट प्रितम गुरुङ र विनय श्रेष्ठ, बेल्जियमबाट अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ, फ्रान्सबाट निर्मल अर्याल, हल्याण्डबाट फडिन्द्र पन्त, जर्मनीबाट दावा शेर्पा, अमेरिकाबाट डा. विष्णुमाया परियार र रविना थापा आउने निश्चित भइसकेको छ ।
गोर्खाली समाज यूके अध्यक्ष जयप्रकाश गुरुङका अनुसार, एनआरएनए आइसीसी अध्यक्ष शेष घलेले भने हालसम्म कन्फर्म गरिसकेका छैनन् ।
अल्डरसटस्थित एम्पायर ब्याङक्यूटिङ हलमा कार्यक्रम हुन लागेको हो । भूकम्पबाट प्रभावित गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ हुन लागेको च्यारिटीमा सहभागी भइदिन अध्यक्ष गुरुङले सबैमा अपिल गरेका छन् ।
गोरखा केन्द्रविन्दू भएर गत वर्ष गएको भूकम्पले गोरखामा मात्र ४९४ विद्यालयका ३ हजार ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएको छ भने सयौं वालवालिका आमा बाबु गुमाउन पुगे । समाजले तिनै अनाथ वालवालिकाको सहयोगार्थ च्यारिटी गर्न लागिएको जनाएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा