लन्डन । गोर्खाली समाज यूकेले १२ नोभेम्बर, शनिबार सांझ अल्डरसटमा गर्न लागेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी डा. बाबुराम भट्टराई हुने भएका छन् । गोरखा निवासी नयां शक्ति नेपालका संयोजक डा. भट्टराई बेलायत भ्रमणका क्रममा च्यारिटीमा समेत पुग्ने भएका हुन् । भोलि शुक्रबार लन्डन उत्रने भट्टराई अन्तर्राष्टिय नेपाली समाज बेलायतको निम्तोमा यूके आउंदैछन् । उनले बेलायत रहंदा लन्डन स्कुल अफ इकोनोमिक्स, अक्सफोर्ड युनिभर्सिटी र अल्डरसटस्थित एम्पायर हलमा नेपालको आर्थिक विकास र समृद्धि विषयमा प्रवचन दिने कार्यक्रम छ । उनले जनजाती महासंघ यूकेको कार्यक्रममा प्रवचन र बेलायती राजनीतिज्ञहरुसंग समेत भेट्ने तय भएको छ ।
च्यारिटी कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, स्वीटजरल्याण्डबाट प्रितम गुरुङ र विनय श्रेष्ठ, बेल्जियमबाट अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ, फ्रान्सबाट निर्मल अर्याल, हल्याण्डबाट फडिन्द्र पन्त, जर्मनीबाट दावा शेर्पा, अमेरिकाबाट डा. विष्णुमाया परियार र रविना थापा आउने निश्चित भइसकेको छ ।
गोर्खाली समाज यूके अध्यक्ष जयप्रकाश गुरुङका अनुसार, एनआरएनए आइसीसी अध्यक्ष शेष घलेले भने हालसम्म कन्फर्म गरिसकेका छैनन् ।
अल्डरसटस्थित एम्पायर ब्याङक्यूटिङ हलमा कार्यक्रम हुन लागेको हो । भूकम्पबाट प्रभावित गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ हुन लागेको च्यारिटीमा सहभागी भइदिन अध्यक्ष गुरुङले सबैमा अपिल गरेका छन् ।
गोरखा केन्द्रविन्दू भएर गत वर्ष गएको भूकम्पले गोरखामा मात्र ४९४ विद्यालयका ३ हजार ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएको छ भने सयौं वालवालिका आमा बाबु गुमाउन पुगे । समाजले तिनै अनाथ वालवालिकाको सहयोगार्थ च्यारिटी गर्न लागिएको जनाएको छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित