
लन्डन । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत शुरुवात गराएका थिए । तिनै विभूतिमा आधारित फिल्म पहिलो नेपाली एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ शंखधर’ को लन्डनमा विशेष प्रिमियर शो गरिएको छ । पासा पुचः गुठी यूकेले गत सोमबार ३१ अक्टोबर बिहान ग्रीनफोर्ड टाउन हलमा फिल्म प्रदर्शन गरिएको हो । पासा पुचः गुठीका संस्थापक सदस्यहरु वालमुकुन्द प्रसाद जोशी, महन्तबहादुर श्रेष्ठ, अर्जुन प्रधान र शशीधर मानन्धरले कार्यक्रम
उद्घाटन गरेका थिए ।
उक्त फिल्म सर्वसाधारणका लागि ११ डिसेम्बर, २०१६ मा यूके र अमेरिका तथा १७ डिसेम्बर, २०१६ मा नेपालमा देखाइने भएको छ ।
कार्यक्रममा बोर्ड अफ ट्रष्टी अध्यक्ष महन्तबहादुर श्रेष्ठ र संस्थापक सदस्य बालमुकुन्द जोशीले शंखधरले नेपाल संवत शुरुवात गरेको जनाउंदै त्यही इतिहास प्रतिबिम्बित गर्ने फिल्मको प्रचारप्रसारमा साथ दिनुपर्ने बताए । पासा पुचः गुठी लन्डनकी महासचिव त्रिवेणी गुरुङले आधुनिक परिवेशमा नेपाल संवतको अर्थबारे प्रिजेन्टेसन दिएकी थिइन् । उनले नेपाल संवत नेवारहरुको मात्र हो वा अन्य गैर नेवारहरुको पनि भन्नेबारे समेत टिप्पणी गरिन् । नेपाल संवत र विक्रम संवतबीचको मतान्तरबारे पनि बताइएको थियो ।
फिल्मका निर्देशक तथा निर्माता संयुक्त श्रेष्ठले फिल्म बनाउने आफ्नोमात्र होइन, समस्त समुदायकै सपना साकार भएकामा खुशी व्यक्त गरे । उनले फिल्मबाट शंखधरको जीवनी र इतिहास थाहा पाइने जनाउंदै फिल्म नेपाली एनिमेसनमा नयां फड्को भएको समेत बताए ।
उक्त अवसरमा ओजेश सिंहले स्वागत मन्तव्य दिंदै न्हू दया भिन्तुनाको शुभकामना दिएका थिए । सिंहले नेपाली संस्कृतिको जगेर्ना र विकासका लागि पासा पुच गुठी लन्डनले गरेको पहलको प्रशंसा गर्दै आभार समेत व्यक्त गरे ।
बोर्ड अफ ट्रष्टी महासचिव शिवजी श्रेष्ठले कार्यक्रम समापन गर्दै सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा पासा पुचः गुठी रेडिङ र साउथ इष्ट लन्डनका अध्यक्ष क्रमशः सुदर्शन श्रेष्ठ, सुशील प्रजापति, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]