
लन्डन । रोयल बरो अफ ग्रीनिच नेप्लिज सोसाइटीले आउंदो अंग्रेजी नयाँ वर्ष २०१७ को उपलक्ष्यमा एक शुभकामना साँझ गर्ने भएको छ । गत शनिवार प्लमस्टेडमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका अधिकांश सदस्य र सल्लाहकारहरुको उपस्थिति थियो ।
बैठकले उक्त शुभकामना साँझको आयोजना १ जनवरी आइतवार साँझ प्लमस्टेडको गेसो हलमा गर्ने निर्णय गरेको हो । उपाध्यक्ष हरी गोविन्द गुरुङले संयोजन गर्ने उक्त शुभकामना साँझको प्रवेश टिकटको मुल्य दश पाउण्ड तोकिएको छ भने प्रचारप्रसारको जिम्मा कोषाध्यक्ष ह्यारी गुरुङ र महासचिव खुशी लिम्बुले लिएका छन् ।
त्यसै गरी आरजीएनएसले आफ्नो प्रथम अधिवेशन आगामी २०१७ अप्रिलको दोश्रो सप्ताहन्त एसियन कम्युनिटी हलमा आयोजना गर्ने निर्णय भएको जानकारी सोसाइटीका महासचिव खुशी लिम्बुले दिए । स्मरण रहोस् लन्डनको ग्रीनिच र साउथ इस्ट क्षेत्रका सम्पूर्ण नेपालीहरुको साझा संस्थाका रुपमा २०१५ को अगस्टमा स्थापना भएको यस संस्थालाई हालसम्म तदर्थ समितिले नै सञ्चालन गर्दै आएको छ ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड