
लन्डन । रोयल बरो अफ ग्रीनिच नेप्लिज सोसाइटीले आउंदो अंग्रेजी नयाँ वर्ष २०१७ को उपलक्ष्यमा एक शुभकामना साँझ गर्ने भएको छ । गत शनिवार प्लमस्टेडमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका अधिकांश सदस्य र सल्लाहकारहरुको उपस्थिति थियो ।
बैठकले उक्त शुभकामना साँझको आयोजना १ जनवरी आइतवार साँझ प्लमस्टेडको गेसो हलमा गर्ने निर्णय गरेको हो । उपाध्यक्ष हरी गोविन्द गुरुङले संयोजन गर्ने उक्त शुभकामना साँझको प्रवेश टिकटको मुल्य दश पाउण्ड तोकिएको छ भने प्रचारप्रसारको जिम्मा कोषाध्यक्ष ह्यारी गुरुङ र महासचिव खुशी लिम्बुले लिएका छन् ।
त्यसै गरी आरजीएनएसले आफ्नो प्रथम अधिवेशन आगामी २०१७ अप्रिलको दोश्रो सप्ताहन्त एसियन कम्युनिटी हलमा आयोजना गर्ने निर्णय भएको जानकारी सोसाइटीका महासचिव खुशी लिम्बुले दिए । स्मरण रहोस् लन्डनको ग्रीनिच र साउथ इस्ट क्षेत्रका सम्पूर्ण नेपालीहरुको साझा संस्थाका रुपमा २०१५ को अगस्टमा स्थापना भएको यस संस्थालाई हालसम्म तदर्थ समितिले नै सञ्चालन गर्दै आएको छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित