लण्डन । खस समाज युकेले युकेमा पनि देउसी भैलो खेलेर सँस्कृतिको जगेर्ना गर्ने कोसिस गरेको छ ।
समाजका अध्यक्ष इन्द्र कार्की खसको अगुवाईमा सम्पन्न देउसी भैलो कार्यक्रमले विदेशमा रहेर पनि स्वदेशको अनुभूति दिलाउन सफल भएको देउसी भैलो हेर्ने दर्शकहरुले गरेका थिए । देउसी भैलो खेलेर उठेको रकम सामाजिक तथा साँस्कृतिक क्षेत्रमा खर्च गर्ने योजना रहेको समाजका महासचिव विकेशराज बस्नेतले बताएका छन् ।
तिहारमा स्मरण गरिने बलिराजा वैदिक साहित्यका पात्र अर्थात पौराणिक बलि होइनन् । वैदिक समाजमा भैलो देउसी खेल्ने गाउने चलन देखिँदैन । खस राजा अभय मल्लको कालपछि खस साम्राज्यको पतन भयो । खासगरेर डोटी र तिब्बतले विद्रोह गरेपछि साम्राज्यको विखण्डन प्रारम्भ भयो । बलिराज नामक दरवारिया ज्वाईले राज्यको बागडोर हातमा लिएर खस साम्राज्य जोगाउने प्रयत्न गरे । त्यही सन्दर्भमा गाउँ गाउँ र बस्ती बस्तीहरुमा राज्यले सांस्कृतिक टोली खटाएर जनतामा राष्ट्रियभाव जगाउने र अर्थ संकलन गर्ने अभियानको रुपमा खस जातिमा देउसी खेलिन थालेको इतिहास रहेको हुँदा तिहारमा खस जातिका मानिसहरुले बडो धुमधामका साथ देउसी खेल्ने परम्परा रहेको खस अभियन्ता चन्द्रप्रकाश बानियाले बताए ।
खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले भने -‘बास्तबमा यम र यमी बैदिक पात्र होइनन, यम र यमी भनेको मस्टो र देबी हुन् । मस्टो दाई र देबी बहिनी हुन् । मस्टो र देबीको जस्तो पबित्र सम्बन्धको स्मरण भाई टिका हो।’
यसैबीच खस समाज युकेको कार्य समिति पुनर्गठन भएको छ | पुनर्गठित समाजको अध्यक्षमा इन्द्र कार्की खस, उपाध्यक्षमा सन्तोष कार्की, महासचिवमा विकेश राज बस्नेत,उपमहासचिवमा नवराज कार्की ,कोषाध्यक्षमा मञ्जु भट्ट रहेका छन् भने सदस्यहरुमा नबवन थापा, सूर्य कार्की,बिष्णु कार्की,शान्ता खत्री, पंकज बजगाई, इन्दु कार्की ,चन्दा बस्नेत,दिर्घ केसी,चन्द्र पाण्डे,अबिषेक बस्नेत छन् । समाजको संरक्षकमा कृष्णबहादुर थापा छेत्री, सल्लाकारहरुमा टेक बहादुर थापा, गोपाल शाही, श्रीमती शुसिला कार्की,र किरण बस्नेत रहेका छन।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते