लन्डन । बेलायतका पहिलो नेपाली मेयरले काउन्सिलबाटै ‘असहयोग र षडयन्त्र’ भएको भन्दै राजिनामा दिएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि कन्जरभेटिभ पार्टीबाट करिब ६ महिनाअघि मेयर निर्वाचित शंकर गैरेले आफूलाई असफल गराउने षडयन्त्र भएको भन्दै सोमबार राती दश बजे काउन्सिल बैठकसमक्ष राजिनामा दिएका हुन् ।
बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती गैरेको अझै ६ महिना कार्यकाल बांकी थियो । घृणित राजनीतिक खेल भएको आक्षेप लगाउंदै उनले दशक यता आफू सक्रिय कन्जरभेटिभ पार्टीबाट समेत राजिनामा दिएको घोषणा गरेका छन् ।
‘दुई महिनायता चिफ एक्जुकेटिभ, लिडर अफ टाउन काउन्सिल लगायत कर्मचारीहरुले नै मलाई असहयोग गरे । रेसिजम (जातीय भेदभाव) पनि हुन थालेपछि म आफू असफल सावित हुनु अघि नै राजिनामा दिएं’, गैरेले भने, ‘आएको निमन्त्रणा समेत नदिने, मेरो सहमति नलिने, केही गर्न खोज्यो सहयोग नगर्ने र रेसिजम हुन थालेपछि मैले उक्त पदमा बस्न चाहिन ।’
चुनाव जितेरै निर्वाचित भएकाले उनी र श्रीमति लक्ष्मी गैरे ४ वर्ष इन्डिपेन्डेन्ट काउन्सिलर भने रहिरहनेछन् ।
राती दशबजे पूर्ण काउन्सिल बैठकमा दुई पेज लामो राजिनामा पत्र सुनाउंदै उनले भने, ‘मैले समुदायलाई केही सेवा गर्ने उद्देश्यले आएको थिएं । तर, कार्यकारी पदमा रहेका कर्मचारीका बोली, काम गराइ र व्यवहारले म अपमानित भएं, काम गर्ने वातावरण रहेन ।’ केही काउन्सिलरहरुले सहेर बस्न आग्रह गरेपनि त्यो आफ्नो सिद्धान्त र गुणमा नपर्ने भएकाले तत्काल राजिनामा दिएको गैरेले बताए । आफ्नो अनुमति बिना नै मेयर अलाउन्स समेत खर्च गरिदिने गरेको गुनासो समेत राजिनामा पत्रमा छ ।
गैरेले स्थानीय जनताबाट भने पूर्ण सहयोग र माया पाएको उल्लेख गर्दै उनीहरुप्रति आभार व्यक्त गरेका छन् ।
ट्याक्सी व्यवसाय चलाइरहेका गुल्मी रुपाकोट निवासी गैरे सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका थिए भने त्यसै साल उपमेयर र ६ महिनाअघि वर्ष मेयर बन्न सफल भएका थिए ।
स्वान्ली टाउन काउन्सिलमा गैरेले करिब १७ हजार जनसंख्यालाई प्रतिनिधित्व गरेका थिए । सन् १९९४ मा बेलायत प्रवेश गरेका उनी स्वान्ली क्षेत्रमा चाहिं विगत १३ वर्ष देखि बस्न थालेका हुन् । उनी श्रीमति काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् । सन् २००७ देखि उनी कन्जरभेटिभ पार्टीको सक्रिय सदस्य थिए । इकान्तिपुर
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल