
लन्डन । फालमाउथस्थित बाल्टी करिज रेष्टुरेन्टले आफ्नो सेवाको १७ औं वसन्त पार गरेको छ । नेपाली सञ्चालक रहेको फालमाउथकै पहिलो उक्त इन्डियन रेष्टुरेन्टले १७ औं वार्षिकोत्सवका अवसरमा एक कोष अभिवृद्धि कार्यक्रम गर्यो ।
फालमाउथ रग्बी टिमको सहयोगार्थ उक्त फन्ड रेजिङ पार्टी गरिएको हो । पार्टीबाट रग्बी खेलाडीको पोशाक खरिद गर्न २१ सय पाउण्ड संकलन भएको छ । उक्त रकम करिब ४५ जना खेलाडीलाई पोशाक किन्न प्रदान गरिने रेष्टुरेन्टले जनाएको छ । उक्त च्यारिटी कार्यक्रम गर्न जेम्स र फालमाउथ रग्बी क्लवका क्याप्टेन आर्थरले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । बुकर र कोब्राको पनि सहयोग थियो ।
रेष्टुरेन्टका सञ्चालक हेम कान्तजीले १७ औं वार्षिकोत्सवको सफलतामा आफ्ना समस्त ग्राहक, सप्लायर्स, सहयोगी र शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
विगत वर्षमा समेत रेष्टुरेन्टले क्रिकेट, फुटबल टिम र स्थानीय च्यारिटी संस्थालाई सहयोग गरेको थियो ।
हिन्दूहरुको महान पर्व दशैंका अवसरमा आयोजित उक्त च्यारिटी कार्यक्रममा टिका, जमरा प्रदान र बलिउड डान्स समेत गरिएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]