
लन्डन । फालमाउथस्थित बाल्टी करिज रेष्टुरेन्टले आफ्नो सेवाको १७ औं वसन्त पार गरेको छ । नेपाली सञ्चालक रहेको फालमाउथकै पहिलो उक्त इन्डियन रेष्टुरेन्टले १७ औं वार्षिकोत्सवका अवसरमा एक कोष अभिवृद्धि कार्यक्रम गर्यो ।
फालमाउथ रग्बी टिमको सहयोगार्थ उक्त फन्ड रेजिङ पार्टी गरिएको हो । पार्टीबाट रग्बी खेलाडीको पोशाक खरिद गर्न २१ सय पाउण्ड संकलन भएको छ । उक्त रकम करिब ४५ जना खेलाडीलाई पोशाक किन्न प्रदान गरिने रेष्टुरेन्टले जनाएको छ । उक्त च्यारिटी कार्यक्रम गर्न जेम्स र फालमाउथ रग्बी क्लवका क्याप्टेन आर्थरले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । बुकर र कोब्राको पनि सहयोग थियो ।
रेष्टुरेन्टका सञ्चालक हेम कान्तजीले १७ औं वार्षिकोत्सवको सफलतामा आफ्ना समस्त ग्राहक, सप्लायर्स, सहयोगी र शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
विगत वर्षमा समेत रेष्टुरेन्टले क्रिकेट, फुटबल टिम र स्थानीय च्यारिटी संस्थालाई सहयोग गरेको थियो ।
हिन्दूहरुको महान पर्व दशैंका अवसरमा आयोजित उक्त च्यारिटी कार्यक्रममा टिका, जमरा प्रदान र बलिउड डान्स समेत गरिएको थियो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन