
लन्डन । हरेक वर्षझंै पासा पुचः गुठी साउथ इष्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हः पूजा कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम भव्य र सभ्य बनाउने योजना आयोजकको छ ।
लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सिल तथा नेपाली दूतावास प्रतिनिधिहरुको सहभागिता रहने उक्त कार्यक्रममा बेलायतको विभिन्न स्थानबाट झण्डै ४ सयको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमको संयोजन सचिन श्रेष्ठले गर्दैछन् भने सांस्कृतिक कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । अपरान्ह ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा एकै साथ सयौं जनाले सामूहिक म्हः पूजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।
कार्यक्रममा म्हः पूजाका साथै झांकी प्रदर्शन, पालुकिसी, कुमारी यात्रा, मन्जुश्री नाच, पन्चकन्या, धिमेबाजा सहितको रथजात्रा, भैरव गुन, लाखे नाच, भैरव नाच, ख्याक नाच समावेश हुनेछन् ।
भैरव नाचमा अशोक अवाल, सत्य प्रसाद प्रजापति, आशिष श्रेष्ठ, आयुष श्रेष्ठ, इरभिन श्रेष्ठ, मन्देश श्रेष्ठ, लाखेनाचमा विनोद चिपालु, बिमला मर्हजनले मन्जुश्री नाच र ज्यापु प्याखन नाच, विन्दु हाडा, सलोनी रन्जितकार, विभिया श्रेष्ठ, अरिसा श्रेष्ठले नेवारी गीत प्रस्तुत गर्नेछन् भने अन्तिममा डिजेलालसंग खुला डान्स समेत छ ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]