
लन्डन । हरेक वर्षझंै पासा पुचः गुठी साउथ इष्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हः पूजा कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम भव्य र सभ्य बनाउने योजना आयोजकको छ ।
लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सिल तथा नेपाली दूतावास प्रतिनिधिहरुको सहभागिता रहने उक्त कार्यक्रममा बेलायतको विभिन्न स्थानबाट झण्डै ४ सयको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमको संयोजन सचिन श्रेष्ठले गर्दैछन् भने सांस्कृतिक कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । अपरान्ह ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा एकै साथ सयौं जनाले सामूहिक म्हः पूजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।
कार्यक्रममा म्हः पूजाका साथै झांकी प्रदर्शन, पालुकिसी, कुमारी यात्रा, मन्जुश्री नाच, पन्चकन्या, धिमेबाजा सहितको रथजात्रा, भैरव गुन, लाखे नाच, भैरव नाच, ख्याक नाच समावेश हुनेछन् ।
भैरव नाचमा अशोक अवाल, सत्य प्रसाद प्रजापति, आशिष श्रेष्ठ, आयुष श्रेष्ठ, इरभिन श्रेष्ठ, मन्देश श्रेष्ठ, लाखेनाचमा विनोद चिपालु, बिमला मर्हजनले मन्जुश्री नाच र ज्यापु प्याखन नाच, विन्दु हाडा, सलोनी रन्जितकार, विभिया श्रेष्ठ, अरिसा श्रेष्ठले नेवारी गीत प्रस्तुत गर्नेछन् भने अन्तिममा डिजेलालसंग खुला डान्स समेत छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा