लन्डन । बर्न्टओक नेपाली समाजले सधैझै यसपालि पनि सांस्कृतिक कार्यक्रम सहित दशैं, तिहार शुभकामना कार्यक्रम मनाएको छ।
शनिबार बेलुका बर्न्टओक ब्रोडवेमा आयोजित कार्यक्रममा हेन्डनका सांसद म्याथु अफोर्ड, बार्नेटका मेयर डेभिड लङस्टाफ, बार्नेटका लागि महारानीका प्रतिनिधि डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेल लगायतका पाहुनाहरु सहभागी थिए ।
समाजका अध्यक्ष खारध्वज गुरुङ (रमेश) ले सबै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने महासचिव मोहनजङ्ग गुरुङले कार्यक्रम सन्चालन गर्नुभएको थियो। समाजका उपाध्यक्ष टेकमान गुरुङले संपूर्ण कार्यक्रमको संयोजन गर्नुभएको थियो।
सो अवसरमा बोल्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका एकजना नेता तथा हेन्डनका सांसद म्याथु अफोर्डले हेन्डन क्षेत्रहरुमा नेपालीहरुको एकताबाट आफु निकै प्रभावित भएको बताउनुभयो। भूतपूर्व गोर्खाहरुका समस्यालाई आफुले सँधै उठाइरहेको बताउँदै ब्रिटेनले युरोपेली संघ छाडने निर्णय गरेबाट हालै देखिएका समस्या छिटै समाधान हुने आशा पनि व्यक्त गर्नुभयो।
मेयर डेभिड लङस्टाफले नेपाली समुदायको संस्कृति, अनुशासन र कडा मेहनत गर्ने बानीबाट आफु अत्यन्त प्रभावित भएको बताउनुभयो। उहाँले ब्रिटिश समाजमा नेपाली समुदायले पुराएको योगदानको प्रशंसा पनि गर्नुभयो।
समाजका संस्थापक अध्यक्ष उदय गुरुङले सबै नेपाली समुदायलाई एकताबद्ध गर्न समाजले गएको १२ वर्षदेखि यस्ता कार्यक्रमहरु आयोजना गरिरहेको बताउनुभयो। अर्का पूर्व अध्यक्ष लक्ष्य गुरुङले समाजले भूतपूर्व गोर्खाहरुकालागि भाषा कक्षा, नानीहरुकालागि नेपाली कक्षा जस्ता कार्यक्रमहरु सन्चालन गर्दै आएको जनाउनुभयो।
कार्यक्रममा समाजका आजीवन सदस्यहरु, जिसिएसइ, ए लेभल तथा ग्रयाजुएसन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
रात्रीभोजसमेत रहेको कार्यक्रममा समाजका सदस्य परिवारका बालबालिकाहरुले आकर्षक नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा डिजेले लोकप्रिय गीतहरु प्रस्तुत गर्दा सहभागीहरु रमाएर नाचेका थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा