
लन्डन । बेलायतमा स्थापित एभरेष्ट इन ग्रुपले यस वर्ष पनि एसियन करी अवार्डस् २०१६ जित्न सफल भएको छ । सप्ताहन्त ग्रोस्भनर हाउस, पार्क लेन मे फेयर लन्डनमा आयोजित भव्य समारोहमा एभरेष्ट इन ग्रुपको आसफोर्ड ब्रान्चले वेष्ट नेपलिज रेष्टुरेन्ट अवार्ड जित्न सफल भएको हो ।
अवार्डस् समारोहमा विभिन्न विद्यामा अन्य देशका रेष्टुरेन्टहरु पनि सम्मानित भए । गोर्खा स्क्वायर, लिंकनसायर हाइली रिकमेन्डेड रेष्टुरेन्टमा पर्यो भने एभरेष्ट तन्दुरी फार्नबोरो, दि एभरेष्ट नेवार्क, गोर्खा करी लाउन्ज मनोनयनमा परे ।
बेलायतकी चर्चित पत्रकार केट सिल्भरटनले सञ्चालन गरेको अवार्ड वितरण समारोहमा प्रमुख अतिथी फाइनान्सियल सेक्रेटरी एमपी जेन इलिसन, लर्डस्, सांसद, मेयरहरु, सेलिब्रिटी तथा रेष्टुरेन्ट व्यवसायीहरु गरि करिब १४ सय जनाको सहभागिता थियो ।
एभरेष्ट इन रेष्टुरेन्टका पारखीहरुमा नेपालीमात्र होइन, हलिउड, बलिउड स्टार समेत पर्छन् । एभरेष्ट इन समूहले बेलायतमा नेपाली खाना र आतिथ्यबाहेक नेपालको पर्यटन प्रवर्धनमा समेत उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । एभरेष्ट इन ग्रुपका निर्देशक पशुपति भण्डारी नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि हुन् । एभरेष्ट इनले पर्यटन र रेष्टुरेन्ट व्यवसाय सम्वन्धि वार्षिक बुलेटिन पनि प्रकाशन गर्दै आएको छ । स्थानीय बेलायती क्लवलाई प्रायोजनदेखि बेलायत र नेपालको सहयोगार्थ हुने विविध च्यारिटीमा समेत उक्त समूहको सहयोग रहंदै आएको छ ।
एभरेष्ट इनको खाना साधारण ग्राहकदेखि कुटनीतिज्ञ एवं राजनीतिज्ञले समेत चाखेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाउने क्रममा पनि एभरेष्ट इनले बेलायती परराष्ट मन्त्रालय (एफसीओ) मा खाना उपलव्ध गराएको थियो । लन्डनस्थित नेपाली दूतावासमा हुने मुख्य मुख्य रिसेप्सनमा समेत एभरेष्ट इन पुगेको हुन्छ । बेलायती राजपरिवारका सदस्य प्रिन्स माइकल अफ केन्टले पनि एभरेष्ट इनको खाना रुचाएको एक्जुकेटिभ सेफ शंकर पाण्डेले बताए ।
पाण्डेले एभरेष्ट इनको भान्साभित्रै गएर बेलायती अध्यागमन मन्त्री डामियन ग्रीन र मेयरले नेपाली परिकार आफैंले बनाएर खाएको समाचारले केही वर्ष अघि खुबै चर्चा बटुलेको समेत स्मरण गरे ।
एभरेष्ट इन ग्रुपको बेलायतमा आफ्नो पूर्ण स्वामित्वमा ४ र साझेदारीमा लेष्टर शहरमा एक र न्यूजिल्याण्डमा एक गरि दुईवटा एभरेष्ट डाइन रेष्टुरेन्ट पनि सञ्चालित छन् ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल