लन्डन । विगत डेढ बर्षदेखि लिड केसको रुपमा रहेको टोयक र इटिएस केसमा मंगलबार कोर्ट अफ अपिल (सिभिल डिभिजन) ले होम अफिस विरुद्ध फैसला गरेको छ । बंगाली विद्यार्थी एस.एम को पक्षमा तल्लो कोर्टले गरेको निर्णयलाई नै मान्य हुने गरि होम अफिससंग पर्याप्त प्रमाण नभएको र कानुनतः नै सबै सुनुवाइ भएको भन्दै लर्ड विस्टनले सुनाएको नतिजालाई अन्य दुइ जजहरुले पनि स्वीकारेका छन् ।
सर्वोच्च चासोका साथ हेरिएको यो फैसलाले सबै टोयक दिएका बिद्यार्थीको हकमा केहि न केहि राहत मिल्ने देखिएको छ ।
सुनुवाइको दौरान होम अफिसले सबै टोयक दिएकाहरुको केसमाथि पुनः पुनरावलोकन गर्ने संकेत पनि दिएको छ । तर, यो रिभ्यूको तरिकाबारे आफूहरु योजना सहित छिटो भन्दा छिटो आउने पनि उसले बताएको छ । सोलिसिटर र बिद्यार्थीहरुले होम अफिसले कि त दोस्रो अंग्रेजी भाषा परीक्षा बस्नुपर्ने वा अन्तरवार्ताको सामना गर्नुपर्ने ब्यवस्था ल्याउन सक्ने सम्भावना औंल्याएका छन् ।
सबै अनुमान र आशातित अड्कलबाजीका साथ मंगलबार आएको कोर्टको फैसला र होम अफिसको प्रतिक्रियाबाट पीडित विद्यार्थीमा केहि आशाको सञ्चार भएको छ ।
टोयक प्रयोग गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५६ हजार रहेपनि नेपालीको संख्या ३ हजारको हाराहारीमा रहेको अनुमान छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]