लन्डन । विगत डेढ बर्षदेखि लिड केसको रुपमा रहेको टोयक र इटिएस केसमा मंगलबार कोर्ट अफ अपिल (सिभिल डिभिजन) ले होम अफिस विरुद्ध फैसला गरेको छ । बंगाली विद्यार्थी एस.एम को पक्षमा तल्लो कोर्टले गरेको निर्णयलाई नै मान्य हुने गरि होम अफिससंग पर्याप्त प्रमाण नभएको र कानुनतः नै सबै सुनुवाइ भएको भन्दै लर्ड विस्टनले सुनाएको नतिजालाई अन्य दुइ जजहरुले पनि स्वीकारेका छन् ।
सर्वोच्च चासोका साथ हेरिएको यो फैसलाले सबै टोयक दिएका बिद्यार्थीको हकमा केहि न केहि राहत मिल्ने देखिएको छ ।
सुनुवाइको दौरान होम अफिसले सबै टोयक दिएकाहरुको केसमाथि पुनः पुनरावलोकन गर्ने संकेत पनि दिएको छ । तर, यो रिभ्यूको तरिकाबारे आफूहरु योजना सहित छिटो भन्दा छिटो आउने पनि उसले बताएको छ । सोलिसिटर र बिद्यार्थीहरुले होम अफिसले कि त दोस्रो अंग्रेजी भाषा परीक्षा बस्नुपर्ने वा अन्तरवार्ताको सामना गर्नुपर्ने ब्यवस्था ल्याउन सक्ने सम्भावना औंल्याएका छन् ।
सबै अनुमान र आशातित अड्कलबाजीका साथ मंगलबार आएको कोर्टको फैसला र होम अफिसको प्रतिक्रियाबाट पीडित विद्यार्थीमा केहि आशाको सञ्चार भएको छ ।
टोयक प्रयोग गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५६ हजार रहेपनि नेपालीको संख्या ३ हजारको हाराहारीमा रहेको अनुमान छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण