बेजिङस्टोक नेपाली एसोसिएसन दसौं वर्षमा

img_-k8ph5d
लन्डन । बेजिङस्टोक नेपाली एसोसिएसनको दशौँ वार्षिकोत्सव गत शनिबार अल्डवर्थ साइन्स कलेजमा सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमै नेपाली रिमिक्स संगीतको धुनमा कलाकारहरूले एकैसाथ प्रस्तुति दि‌ंदा प्रारम्भमा मनोरञ्जनात्मक कार्यक्रम पो सुरु भएकोे हो कि भन्ने लागेको थियो ।
त्यसलगत्तै समाजका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फेको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम सन्चालन सचिव निशा शर्माले गरेकी थिइन् भने सुरक्षासम्बन्धि जानकारी उपाध्यक्ष योगकुमार फगामीले दिएका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ओम गुरुङले दिए ।कार्यक्रमका प्रमुख अतिथि मेयर जेन फ्रान्कुम, विशेष अतिथि मारिया मिलर एमपीलगायत अन्य अतिथिहरुमा प्रहरी प्रमुख पाउल प्रेसली, इस्लाम जलैताका प्रतिनिधि, रोयल ब्रिटिश लेजिन क्लबबाट फ्रान्क कोलनी श्रीमती कोलनी, विप स्याम्पल, साफाबाट टोम स्पिड, केस वरकर सुश्री सान्छा एम गृम, सिएबिबाट ग्राम थ्याचरलगायतको उपस्थिति थियो ।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु भक्त बेघा, हर्कराज राई र प्रेम गुरुङको पनि उपस्थिति थियो । अध्यक्ष सम्बाहाम्फेले अतिथीहरुलाई खादा लगाएर सम्मान गरेका थिए । त्यसपश्चात अध्यक्ष, प्रमुख अतिथि र अन्य दसजना अतिथिहरुद्वारा सामूहिक रूपमा १० वटा पानसमा दीप प्रज्वलन तथा रिवन काटेर दसौं वार्षिकोत्सबको उद्घाटन गरे भने साथमा १० वर्ष लेखिएको तयारी केक काटेर बाँडिएको थियो ।

सो अवसरमा विभिन्न ओहोदा र शैक्षिक क्षेत्रमा उपलब्धि हांसिल गरेका प्रवल राई, रेगन पुन र श्रीमती ग्रीस्मा लोहनीलाई प्रमाणपत्र र खादाले सम्मानित गरिएको थियो । त्यसैगरी बेजिङस्टोक नेपाली समाजका संस्थापक पदाधिकारी भक्त बेघा, हर्कराज राई, केशव श्रेष्ठ, योगकुमार फगामी, मोहन कुमार गुरुङ, तेजबहादुर गुरुङ (भाले), बल थापा, पृथ्वीनारायण खाँण, तिलबिक्रम तावा लिम्बु र बिक्रम गुरुङलाई विशेष अतिथि एमपी मारिया मिलर र अध्यक्ष तिलबिक्रम सम्बाहाम्फेबाट सम्मान गरिएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष ओम गुरुङ र पूर्व प्रोपर्टी म्यानेजर दुर्गा गुरुङलाई आफ्नो निजी खर्चबाट नेपालको अति दुर्गम गाउं सेर्चुंग पुगेर भूकम्पले क्षतिग्रस्त विद्यालयको पुन निर्माणको अवलोकन गरेवापत सम्मान गरिएको थियो ।

मेयर जेन फ्रान्कुम तथा एमपी मारिया मिलरले कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए । औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष सम्बाहाम्फेले दसौ‌ वार्षिकोत्सव सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवादसहित आभार ब्यक्त गरे ।

दोस्रो चरणमा विजय लिङथेप, नितु गुरुङ र शर्मिला पुनद्वारा सन्चालित कार्यक्रम लिम्बु जातिको च्याब्रुङ्ग नाचबाट सुरु भएको थियो जसमा प्रस्तुत गर्ने कलाकारहरुमा जंगबिर लाबुङ्ग, पेपराज कुरुङबाङ, रिचार्ड लिम्बु, राकेश लिम्बु, मुकुम लिम्बु, गुराँस लिम्बु ,शान्ति लिम्बु ,चन्द्रकला लिम्बु ,मन कुमारी लिम्बु, युवा कुमारी लिम्बु, बिना लिम्बु र नुमा योङवा थिए ।

त्यस्तै गुरुङ जातिको सोरठी नाच कलाकार इन्द्रनारायण गुरुङ, ईमप्रसाद गुरुङ, एम गुरुङ, ध्रुव गुरुङ र नितु गुरुङले प्रस्तुत गरे । शर्मिला पुन, नितु गुरुङ, रोशनी पुन र पुनम गुरुङद्वारा प्रस्तुत कौडा नाचलाई सबैले मन पराए ।
स्थानीय गायक लाल गुरुङ, दिलिप लिम्बु र सन्तोष गुरुङको कर्णप्रिय गीतहरुले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । समय समयमा विजय लिङथेप, शर्मिला पुन र नितु गुरुङको हस्यौली उद्घोषणले सुनमा सुगन्ध थपेको थियो । अनि सयपत्री ग्रुपको तर्फबाट प्रभु गुरुङ, पुष्पा गुरुङ, कविता गुरुङ, सुबास गुरुङले बेजोड नृत्य देखाएर झनै मनोरन्जन दिलाएका थिए ।

अनिता राई, अविना राई, क्रितिषा थापा, सुस्मिता बुढाथोकी, बर्न तिवारी, निश्चल गुरुङ, आयुषा गुरुङ, लिली सुनवार, इशा गुरुङ, अनिश गुरुङ, मेलिषा गुरुङ, सायरा पुन, अलिशा पुन, प्रशान्त पुन, सेसिल, नतालिया र आसिशले नेपाली, अंग्रेजी र रिमिक्स नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमको वातावरण झनै रमाइलो बनाए । नेपालबाट आएका कलाकारहरु बिरु लामा र जुन सिरिसको सुमुधुर संगीतले उपस्थित सबैलाई भरपूर नचायो । अन्त्यमा सन्तोष गुरुङको डिजेइङमा सबै धित मरुञ्जेल नाचेका थिए ।

कार्यक्रममा करिब १ हजार सहभागी भएको आयोजकको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री