लण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपलिज एसोसिएसनको दशैँतिहार शुभकामना कार्यक्रम पहिलोपटक साउथ इष्ट लण्डनमा सम्पन्न भएको छ ।
स्वर्ण महोत्सवसमेत मनाइसकेको यतिको यसअघिका कार्यक्रमहरु वेष्ट लण्डन र सेन्ट्रल लण्डन वरपर मात्र हुने गरेको थियो ।
अध्यक्ष पिपला देवानको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन रहेका थिए ।
महासचिव वाचस्पति रेग्मीले औपचारिक कार्यक्रमको संचालन गरेका थिए । औपचारिक कार्यक्रममा पूर्व अध्यक्ष खगेन्द्र नेपालीले यतिको इतिहासका बारेमा जानकारी गराएका थिए भने पूर्व अध्यक्ष उमेशराज मोक्तान, नेपलिज डेमोक्र्याटिक फोरम युकेका अध्यक्ष रामशरण सिंखडा, इन्जिनियर राजकुमार त्रिपाठी, एनआरएनए युकेका उपाध्यक्ष शान्ति थापा कुँवर लगायतले दशैँतिहारको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका स्वागत मन्तब्य राजेन्द्र सुवेदी र हेल्थ एण्ड सेफ्टीका बारेमा लक्ष्मी बस्नेतले अवगत गराएका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी, एनआरएनएका पूर्व अध्यक्ष महेन्द्र कँडेल, उपाध्यक्ष हिराधन राई, तमु समाज लण्डनका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए भने नेपालबाट आएकी गायिका सरिता गुरुङले पनि मनोरञ्जन दिलाएकी थिइन् ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह