लण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपलिज एसोसिएसनको दशैँतिहार शुभकामना कार्यक्रम पहिलोपटक साउथ इष्ट लण्डनमा सम्पन्न भएको छ ।
स्वर्ण महोत्सवसमेत मनाइसकेको यतिको यसअघिका कार्यक्रमहरु वेष्ट लण्डन र सेन्ट्रल लण्डन वरपर मात्र हुने गरेको थियो ।
अध्यक्ष पिपला देवानको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन रहेका थिए ।
महासचिव वाचस्पति रेग्मीले औपचारिक कार्यक्रमको संचालन गरेका थिए । औपचारिक कार्यक्रममा पूर्व अध्यक्ष खगेन्द्र नेपालीले यतिको इतिहासका बारेमा जानकारी गराएका थिए भने पूर्व अध्यक्ष उमेशराज मोक्तान, नेपलिज डेमोक्र्याटिक फोरम युकेका अध्यक्ष रामशरण सिंखडा, इन्जिनियर राजकुमार त्रिपाठी, एनआरएनए युकेका उपाध्यक्ष शान्ति थापा कुँवर लगायतले दशैँतिहारको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका स्वागत मन्तब्य राजेन्द्र सुवेदी र हेल्थ एण्ड सेफ्टीका बारेमा लक्ष्मी बस्नेतले अवगत गराएका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी, एनआरएनएका पूर्व अध्यक्ष महेन्द्र कँडेल, उपाध्यक्ष हिराधन राई, तमु समाज लण्डनका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए भने नेपालबाट आएकी गायिका सरिता गुरुङले पनि मनोरञ्जन दिलाएकी थिइन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा