मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १४:२५ | UK Time: 09:40

पर्वत वेलफेयर सोसाइटीमा नयां नेतृत्व चुनिंदै

वीनेपाली
२०७३ कार्तिक ६ गते ०:५९

11419912_846738905412747_1427387102_n
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको छैठौं कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी २६ नोभेम्बर दिउसो हुने भएको छ । एम्पायर हल, अल्डरसटमा निर्वाचन तथा साधारणसभा गर्ने निर्णय भएको हो ।

सोसाइटीको गत १६ अक्टोबरमा सम्पन्न बैठकले निर्वाचन प्रमुखमा मानप्रसाद गुरुङ (अध्यक्ष पोखरेली मञ्च यूके) र सदस्यहरुमा हितकाजी गुरुङ, हरिकाजी गुरुङ, पुरन गिरी र रस बहादुर गुरुङलाई चुनेको सोसाइटी 
उपाध्यक्ष दधि आचार्यले जानकारी दिए । संस्थाका अध्यक्ष नरजंग गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा संस्थाले दुई वर्षसम्म गरेका काम र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने जस्ता विविध विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष नरजंग गुरुङ, उपाध्यक्ष दधि आचार्य, महासचिव धन छेत्री, सचिव हरि गुरुङ, सल्लाहकारहरु ज्ञाम गुरुङ (तमुधिं यूके उपाध्यक्ष), संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी, पत्रकार हरिकाजी गुरुङ लगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक