लन्डन । नजिकिंदै गरेको हिन्दूहरूको विशेष पर्व दिपावली २०७३ को अवसरमा नेपलिज ब्रिटिश कम्युनिटी यूकेले लन्डनमा देउसी भैलो खेल्ने भएको छ । नेपाली शैलीमा आफ्नो परम्परा र संस्कृति अनुशरण गर्दै बेलायतबासी नेपालीहरूको घर आंगनमै गई देउसी भैलो खेल्ने कार्यक्रम राखिएको कम्युनिटीले जनाएको छ ।
कम्युनिटीले विगत केहि वर्ष देखि विदेशी भूमिमा पनि आफ्नो धर्म, संस्कृति, परम्परा र रितीरिवाजको संरक्षण र विकास गर्ने उद्देश्यले देउसी भैलो खेल्दै आएको छ । यस वर्ष विशेष किसिमले देउसी भैलो खेलिने र सो बाट संकलित रकम नेपालमा सञ्चालित सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानलाई प्रदान गरिने संस्थाका सचिव मिलन घिमिरेले जानकारी दिए ।
संस्थाको बैठकले कमलराज खनालको संयोजकत्वमा मिलन घिमिरे, राजेन्द्र ओझा, समिर नाथ प्याकुरेल, लेखनाथ घिमिरे, वसन्त नेपाल, चुरामणी रेग्मी, सुमन गुरुङ, सुजाता काफ्ले, अन्जु सिग्देल, राजेन्द्र मानन्धर, किरण अधिकारी सम्मिलित मूल समिति तथा लेखनाथ घिमिरेको संयोजकत्वमा सुमन गुरुङ, सुजाता काफ्ले, अन्जु सिग्देल, राजेन्द्र मानन्धर, किरण अधिकारी रहेको सांस्कृतिक समिति गठन गरेको छ । त्यस्तै कार्यक्रम सल्लाहकारमा कमल पौडेल तथा गंगा बहादुर रानालाई चयन गरिएको छ ।
कम्युनिटीको आसन्न देउसी भैलो टोलीलाई कुल आचार्य, डा. श्याम चन्द, कृष्ण भट्ट, महन्त श्रेष्ठ, कृष्ण तिमल्सिना, राजकुमार त्रिपाठी, खेम पौडेल, उत्तम नेपाल, रवी लामिछाने, महेश कुमार दाहाल, बासु लामिछाने, गोबिन्द घिमिरे, डेबिड गुरुङ, विजन भट्ट, पिपला देवान, बीपी खनाल आदिले आ आफ्नो घरमा आमन्त्रण गरिसकेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद