लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासभित्र बाहिरी संघसंस्थाका कार्यक्रम गर्न बन्द गरिदिएका छन् ।
तय भइसकेका बाहेक अब बाहिरी संघसंस्था वा व्यक्तिले दूतावासमा कार्यक्रम गर्न पाउने छैनन् । ‘दूतावास आफैंले र दूतावाससंग मिलेर गरिने महत्वपूर्ण कार्यक्रम बाहेक बाहिरी कार्यक्रम गर्न नदिने निर्णय भएको छ’, दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले वीनेपालीलाई जानकारी दिए । सुरक्षाको दृष्टिकोणले होम अफिसले समेत धेरै गतिविधि नगर्न सचेत गराएपछि दूतावासमा कार्यक्रम नहुने भएको हो ।
नेपाली दूतावास रहेको केन्जिङटन प्यालेस गार्डेन्समा रसियासहित विभिन्न देशका दूतावास छन् ।
आरणले केही संघसंस्थालाईमात्र हल उपलव्ध गराउंदा अरुले आफूप्रति दूतावास पूर्वाग्रही भएको ठान्ने भएर पनि अब पूर्णतः कार्यक्रम गर्न बन्देज गरिने उल्लेख गरे ।
यसअघि पहुंच वालाले च्यारिटी देखि साहित्यिक विमोचन, फिल्म
प्रदर्शन, नेताको पत्रकार सम्मेलन लगायत साना कार्यक्रम गर्न पनि दूतावास भवनलाई नै रोज्दथे । दूतावासमा कार्यक्रम गर्दा सहभागिता उल्लेख्य हुने र आयोजकको प्रतिष्ठा बढ्ने सोचिन्थ्यो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय