अक्सफोर्ड फेसन वीकमा अनिता

anita-limbu

लन्डन । बेलायत स्वीन्डन निवासी अनिता लिम्बु अक्सफोर्ड फेसन वीक 
२०१६ को रनवे मोडलका लागि छनोट भएकी छिन् । अक्सफोर्ड फेसन शोको दशौं सिजनको उक्त शो अक्सफोर्ड सिटी सेन्टरमा शुक्रबार हुने तयारी छ । उक्त शोमा ब्रिटेनका टप डिजाइनर हेलेन उलम्स् र करेन काउन्टरका कलेक्सनहरु देखाइने लिम्बुले जानकारी दिइन् ।

सुःखद संयोग मान्नुपर्छ, यही बेला अनिता इङल्याण्डमा साउथ एसिया र इथ्निक माइनोरिटी ग्रुपलाई सम्मान गर्ने एउटा अवार्ड कार्यक्रम ‘एमटिएम’ को कला र मनोरन्जन विद्याका लागि पनि मनोनित भएकी छिन् । अनिताले आफूलाई अनलाइन भोट दिएर जिताइदिन अनुरोध पनि गरिन् । उक्त अवार्ड कार्यक्रम डिसेम्बरमा ब्रिस्टोलमा हुनेछ ।

सन् २०१० मा यूके आएकी अनिता स्वीन्डन बस्छिन् । पेशाले ट्रेनी डेन्टल 
नर्स उनी पार्टटाइम मोडलिङ पनि गर्छिन् । मिस स्पार्कलिङ ब्युटी यूके २०१६ मा फस्ट रनरअप, मिस ट्यालेन्ट र मिस च्यारिटी अवार्ड जितेकी उनले बर्मिङहमको लोकल डिजाइनरहरुका लागि पनि रनवे मोडलिङ गरेकी थिइन् ।

अफ्रिकन गायकको एउटा म्यूजिक भिडियोमा समेत उनको अभिनय छ । 
राम्रो अवसर आए नेपाली म्यूजिक भिडियो गर्ने इच्छा पनि अनिताको छ । बेलायतको व्यस्तताबीच पनि इच्छाशक्ति भए मोडलिङ सम्भव देख्छिन् उनी । उनका शब्दमा यो क्षेत्र आफ्नो आत्मविश्वास बढाउने एउटा उपयुक्त माध्यम पनि हो । अनिता बेलायतमा हुने असंख्य कार्यक्रमहरुमा डान्स पनि 
गर्ने गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री